स्याओमी रेडमी नोट सिक्स प्रो नेपाली बजारमा, क्वाड क्यामेरा सहितको विशेषता
काठमाडौं – अन्तर्राष्ट्रिय प्रविधिमा अग्रणी स्याओमीले पहिलोपटक नेपाली बजारमा क्वाड क्यामेरा सहितको रेडमी नोट सिक्स प्रो ल्याएको छ । सर्वाधिक लोकप्रिय रेडमी नोट फाइव एआईलाई अपग्रेड गरी रेडमी नोट सिक्स प्रो नेपाली बजारमा आएको हो । यसमा १९ः९ नट्च सहितको डिस्प्ले, डुुअल सेल्फी क्यामेरा र थप सुधारिएको रियर क्यामेरा सेटअप छ ।
स्याओमी नेपालका कन्ट्री जेनेरल मैनेजर सौरभ कोठारीले भने,“रेडमी नोटले उपभोक्ताहरुको विश्वास जित्न सफल भैसकेको छ । रेडमी नोट फाइव एआई शक्तिशाली डुअल क्यामेरा सहितको स्मार्ट फोन हो, जसले एमआई उपभोक्ताको विश्वास जितेको थियो र यसलाई उच्च प्रविधिसहित परिमार्जित गरी सिक्स प्रो ल्याएका हौं ।”

रेडमी नोट सिक्स प्रो–क्वाड (चार लेन्स) क्यामेरा, नट्च डिजाइन
रेडमी नोट सिक्स प्रो, क्वालकोम स्न्यापड्रागनले आधुनिक तवरबाट डिजाइन गरेको हो । जसमा ६३६ अक्टाकोर प्रोसेसर, एआई पावर्ड क्वाड क्यामेरा सेटअप सहित दुई दिनसम्म चल्ने ४ हजार एमएएच ब्याटरी प्रयोग गरिएको छ । यसमा उच्च गतिमा चल्ने एलपिडीडीआरफोरएक्स ¥याम प्रयोग भएको यो फोन अत्यन्त शक्तिशाली छ ।
अकल्पनीय सेल्फीको अनुभव दिने रेडमी नोट सिक्स प्रोको अगाडि २० मेगापिक्सेल + २ मेगापिक्सेल एआई क्यामेरा जडित छ । जसबाट सजिलै पोट्रेट तस्वीर लिन सकिन्छ । १२ मेगापिक्सेल + ५ मेगापिक्सेल एआई डुअल रियर क्यामेराले कम प्रकाश भएको ठाउँमा समेत सफा तस्वीर लिन सुविधा दिन्छ ।
नयाँ र रिफाइन्ड एआई पोट्रेट मोड २.० ले खिचिएको तस्वीरमा डाइनामिक बोक्हे इफेक्ट सहित लाइट टे«ल र स्टुडियो लाइटिङ्ग जस्तै इफेक्ट हाल्न सकिन्छ । रेडमी नोट सिक्स प्रोमा १९ः९ एसपेक्ट रेसियो र नट्च सहितको ६.२६ इन्च एफएचडी +आईपीएस डिस्प्ले रहेको छ भने यसलाई कर्निङ्ग गोरिल्ला ग्लासले सुरक्षा दिएको छ । ५०० निट ब्राइटनेसले चर्काे घाममा पनि सजिलै स्क्रिन हेरी आफ्नो फोन चलाउन सकिन्छ ।
रेडमी नोट सिक्स प्रोको उत्कृष्ट डिजाइनले यसलाई आकर्षक बनाउनुका साथै यसको हाडब्रिड डुअल सिमस्लटबाट मेमोरी बढाउने सुविधा समेत रहेको छ । रेडमी नोट सिक्स प्रोको हरेक उपभोक्ताले सफ्ट फोन कभर पाउन सक्नेछन् ।
रेडमी नोट सिक्स प्रो ३ जीबी + ३२ जीबी र ४जीबी + ६४जीबीमा उपलब्ध छ भने यसको मुल्य २४,९९९ र २८,९९९ रहेको छ । यो मोबाइल लेक ब्ल्यु र ग्राफाइट ब्ल्याक गरी दुई कलरमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको ५औँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
-
अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण