नक्सालमा खिचियो ‘रणवीर’को ‘तिरीमिरी तिरीमिरी तीन तारा’
काठमाडौं – १८ माघमा रिलिज मिति तोकिएको चलचित्र ‘रणवीर’को एक गीत भने भर्खर छायाँकन गरिएको छ ।। राजधानीको नक्सालस्थित बालमन्दिर भव्य सेट तयार गरेर चलचित्रको ‘तिरिमिरी तिरिमिरी तिनतारा’बोलको गीत छायाँकन गरिएको हो ।
४ दिन लगाएर छायाँकन गरिएको गीतमा मुख्य कलाकार सुशिल सिटौला, शुभेच्छा खड्का र सुपुस्पा भट्टले नृत्य गरे । राजनराज शिवाकोटीको संगीत रहेको गीतमा शब्द र स्वर पनि उनकै छ । गीतमा राजनलाई गायिका अन्जु पन्तले साथ दिएकी छन् ।
गीतका कलाकार शुभेच्छा र सुपुस्पाले नेपाली टिपिकल ड्रेसमा आफुलाई प्रस्तुत गरेका छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
‘गीतलाई भव्य बनाउन कुनै कसर बाकि राखिएको छैन’ लामिछानेले भने ‘‘मैले गरेको काममा यसलाई उत्कृष्ट भन्न सक्छु ।’
यसैगरी निर्मात्री गोमा बिस्टले गीतलाई पनि विना सम्झौता तयार गरिएको बताए । ‘गीतमा हामीले फिल्म झैँ सम्झौता गरेका छैनौ’ उनले भनिन् ‘गीतमा १५० भन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको छ ।’ गीतमा झन्डै २५ लाख खर्च भएको निर्माता दिपेन्द्र रेग्मीले बताए ।
चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण