भारतीय गोवा शहरको स्वाद अब रोयल मल्टीकुजीनमा
काठमाडौं– भारतीय शहर गोवाका रेष्टुरेण्ट अनि पाँचतारे होटलमा पाइने मट्की फिस करी र मट्की चिकेनका स्वाद अब नेपालमा रोयल तन्दुरी मल्टिकुजीन रेष्टुरेण्टमा पाइने भएको छ । मनोरम वातावरणमा सञ्चालन गरिएको यस रेष्टुरेण्ट गोदावरी भ्रमणमा आउने पर्यटक, किशोर किशोरी अनि पारिवारिक जमघटको लागि लक्षित गरी ललितपुरको हरिसिद्धी–२८, खरीबोटमा सञ्चालन गरिएको हो ।
लामो समय भारतको गोवा लगायतका शहरमा काम गरेका पाककलामा अनुभवी कुकबाट स्वादिष्ट ‘तन्दुरी चाप’,‘चिकेन तन्दुरी,’ ‘स्टाप द ताङ्ग्र्री कवाब’ जस्ता भारतीय खानाका परिकार लगायत नेपाली खानाका परिकार पनि रोयल तन्दुरीको स्वाद चाख्न पाइन्छ । पाकिसकेको चिकेनका अलावा फिस करीलाइ माटोको कचौरामा तयार गरिएको ‘मट्की चिकेन’, ‘मट्की फिस करी’ को स्वादले भारतीय शहर गोवामा पाइने परिकारको झझल्को दिने गर्दछ ।

ह्रिसिद्धीमा रहेको मेरो सिटी कम्पलेक्स, सितापाखा, खरीबोटका बासिन्दालाई आकर्षण गर्न सञ्चालनमा ल्याइएको यस रेष्टुरेण्टमा गोवाको साकुरी(काँचो नरिवललाई भुटेर पिसी तयार गरिएको मसला राखेर तयार गरिएको माछा,चिकेन र खसीका मासुका परिकार) पनि विशेष परिकारको रुपमा रहेको छ । स्वादिलो खानाका साथै निकैनै शान्त वातावरणमा रहेको रेष्टुरेण्टले सरसफाई , स्वस्थ खानेकुरा र गा्रहकको सन्तुष्टिनै आफनो मुख्य उदेश्य बनाएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको ५औँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
-
अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण