गोबिन्दाले यसकारण छोडेका थिए शाहरुख खानको फिल्म ‘देवदास’
बलिउड नायक गोबिन्दा फिल्म ‘रंगीला राजा’ बाट पुनः एकपटक ठूलो पर्दामा फिर्ता हुँदैछन् । फिल्ममा गोबिन्दाको दोहोरो भूमिका हुनेछ । कुनै बेला दुई हप्तामा ४९ फिल्ममा साइन गर्ने गोबिन्दा आज आफ्नो करियरलाई पुनर्जिवित गर्नका लागि छटपटाइरहेका छन् तर उनले कुनै जमानामा ताल र देवदासजस्ता फिल्म पनि छोडेका थिए ।
आजतकसँगको कुराकानीमा गोबिन्दाले फिल्म देवदास छोड्नुको कारणबारे जानकारी दिएका छन् । उनले भने, ‘मलाई लाग्यो कि यो फिल्म मेरो लागि होइन । देवदासमा चुन्नीलालको भूमिका जब मलाई अफर गरियो तब मैले कास्टिङ डायरेक्टरलाई के तपाईंले ममा त्यो चुन्नीलाल देख्नुभयो जसले रक्सी खुवाएर कसैको हत्या गरिदिन्छ ? उनले ‘त्यस्तो केही पनि होइन’ भन्ने देखेपछि मैले रोल अस्विकार गरेँ ।’ पछि चुन्नीलालको भूमिका ज्यकी श्रोफले निभाए । जबकी तालमा अनिल कपुरको भूमिका गोबिन्दालाई अफर गरिएको थियो ।
गोबिन्दाको फिल्म रंगीला राजा जनवरी ११ मा रिलिज हुँदैछ । यो फिल्ममा मिशिका चौरासिया फिमेल लिड रोलमा देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण