दाङ बस दुर्घटना : मृत्यु हुनेको संख्या १६ पुग्यो (अपडेट)
बुटवल– दाङमा आज साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनास्थलमा उद्वारका लागि पुगेका ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीसँग सम्पर्क राख्दा उनले ३ जना महिला र १३ जना पुरुषसहित १६ जना मृतकको शव फेला परेको जानकारी दिए ।
घटनामा परेका १३ जना गम्भीर घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पतालमा लगिएको जनाइएको छ । त्यसमध्ये ८ जना पठाइसकेको र ५ जना लगिदै गरिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ९ जना महिला र ४ जना पुरुष रहेको बताइएको छ ।
शहिद कृष्णसेन प्राविधिक विद्यालयका शिक्षक तथा विद्यार्थीसहितको टोली चढेको बस सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमणबाट फर्किने क्रममा दुर्घटनामा परेको हो ।
विद्यालयले ३२ जना विद्यार्थी, २ जना शिक्षक,१ जना चालक र १ जना सहचालक बसमा सवार रहेको बताएको डिएसपी शाहीले बताए । बसमा बीच बाटोबाट समेत केही यात्रु चढेको आशंका प्रहरीले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण