आईएमएसले ल्यायो क्रेनका उत्पादनहरु
काठमाडौं– विश्वकै नम्बर १ ब्राण्ड ह्यूमीडीफेयर ब्रान्ड क्रेनको नेपाल स्थित आधिकारिक बिक्रेता आई.एम.एस ग्रुपले यसका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ ।
यस ग्रुपले उल्लेखित ब्राण्डको स्वास्थ्य एवम जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरु जस्तै ह्यूमीडीफेयर (कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उगकरणहरु) एएर प्युरीफाएर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक्रि वितरण आरम्भ गरेको हो ।
क्रेन एअर प्युरीफाएर हावालाई शुद्धिकरण गरी वातावरणलाई किटाणु रहित र स्वस्थ्य बनाउन प्रभावकारी छ । यसै गरी क्रेन ह्यूमीडीफेयरको प्रयोग बच्चा तथा वयस्क दुबै उमेर समूहलाई जाडोयाममा फाइदाजनक हुन्छ । यसले विशेषतः हावालाई ओसीलो बनाई रुघाखोकी, नाकमा रगत आउने आँखा चिलाउने लगाएत अन्य हिउँदमा देखिने समस्याहरुलाई समेत निराकरण गर्दछ ।
यसै सन्दर्भमा आ.एम.एस. ग्रुपका अध्यक्ष एवम प्रमुख कार्यकारी अधिकृत दिपक मलहोत्राले भने, “हामी क्रेन जस्तो अन्तराष्ट्रिय स्तरमा उच्च स्तरिय र लोकप्रिय ब्राण्डको आधिकारीक बिक्रेता हुन पाउँदा खुसी र उत्साहीत छौ । यसका उत्पादनहरु स्वास्थ्य लगाएत अन्य दृष्टिकोणले पनि अत्न्यत उपयोगी र लाभदायक छन” ।
आई.एम.एस गु्रप २० ओटा कम्पनीहरुको साझा समूह हो । या गु्रप सामसङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको ५औँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
-
अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण