कपिल शर्मा शोमा नयाँ बबाल, भारतीको यी कलाकारसँग भयो सेटमै झगडा
आजकाल कपिल शर्मा शोका कलाकार चर्चामा छन् । सुनिल ग्रोवर र कपिल शर्माबिचको झगडा सेलाउन नपाउँदै अर्को मामला सार्वजनिक भएको छ । यसपटक कीकू र भारतीबिच सेटमै झगडा भएको खबर सार्वजनिक भएको छ ।
कीकू शारदा र भारती सिंहबिच शीतयुद्ध चलिरहेको खबर भारतीय मिडियाले बताएका छन् । यी दुई कलाकार कमेडी सर्कसमा एकैसाथ प्रस्तुती दिने गर्दथे । भारतीसँग भएको मनमुटावपछि कीकूले कार्यक्रम छोडेको भन्ने खबर सार्वजनिक भएको छ । यद्यपी, भारती र कीकूले यी खबरलाई एक अफवाहको संज्ञा दिएका छन् । रिपोर्टलाई मान्ने हो भने कीकू र भारती कार्यक्रममा एकअर्कासँग सहज छैनन्, दुबैबिच निकै खटपट चलिरहन्छ ।
केही समय अघि कि ‘द कपिल शर्मा शो’ मा आफ्नो एन्ट्री सीन मन नपरेकाले उनी सुटिङ नै नगरी सेटबाट बाहिरिएकी थिइन् भन्ने खबर सार्वजनिक भएको थियो । तर खबरको खण्डन गर्दै भारतीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा कपिल शर्मासँगको तस्बिर पोष्ट गर्दै लेखिन्, ‘कसले भन्यो कि म द कपिल शर्मा शोका लागि सुटिङ गरिरहेको छैन ।’ खबर थियो कि भारतीका प्रेमी हर्षको सहमतीपछि उक्त दृश्य तय गरिएको थियो तर भारतीलाई उक्त दृश्य फिटिक्कै मन नपरेपछि त्यसलाई परिवर्तन गर्न चाहन्थिन् । उनले उक्त कुरा खुल्ला रुपमा कपिल शर्माको सूमहलाई पनि भनेकी थिइन् ।
यद्यपी, यो कुरामा भारतीलाई मनाउन निकै कोसिस गरियो तर भारतीले कसैको कुरा पनि सुनिनन् र उनले सुटिङ रद्द गरिदिएको भारतीय मिडियाले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण