जब नायिकालाई नबताई निर्देशकले छायांकन गरे इन्टिमेट दृश्यः मच्चियो बबाल
जो जिता वही सिकन्दर (सन् १९९२), खिलाडी (सन् १९९२) र दलाल जस्ता फिल्ममा देखिएकी आयशा जुल्का ४५ वर्ष पुगेकी छिन् । सन् १९७२ को जुलाई २८ तारिखमा श्रीनगरको जम्मू कश्मिरमा जन्मिएकी आयशा त्यतिबेला निकै चर्चामा आएकी थिइन् जब फिल्म ‘दलाल’ मा दर्शकले उनको अन्तरंगी दृश्य देखे । यद्यपी, आयशालाई विश्वास गर्ने हो भने उक्त दृश्य उनले सुटिङ नगरेको र यसका लागि निर्देशकले उनको सहमती बिना बडी डबलमार्फत यसलाई सुटिङ गरेर फिल्ममा समावेश गरेका थिए ।
९० को दशकमा आयशाले यसलाई इन्टिमेट दृश्यबारे मिडियासँग कुराकानी गरेका थिए । उनले भनेका थिए, ‘पहिलो कुरा त मेरी आमाले मैले फिल्म खेलोस् भन्ने चाहनुहुँदैन । किनभने यसको टाइटलबाटै अश्लिलताको गन्ध आइरहेको थियो । यसै कारण हामीले पहिलो फिल्म गर्न अस्विकार गरेका थियौं ।’
‘तर निर्माता प्रकाश मेहराकी श्रीमतीले पटक–पटक हामीलाई यसबारे सोधिन् र उनका श्रीमानले निकै राम्रो फिल्म बनाइरहेको बताए । त्यसपछि मात्र आमाले मलाई फिल्म खेल्ने अनुमती दिइन् । तर मैले फिल्ममा कुनै पनि इन्टिमेट दृश्य नदिने बताएकी थिएँ ।’
स्मरण रहोस्, ‘दलाल’ मा आयशासँग मिथुन चक्रवर्ती मुख्य भूमिकामा थिए । शक्ति कपूर र रवि बहलको पनि यसमा मुख्य भूमिका थियो ।
इन्टिमेट दृश्यका साथै यो फिल्म यसको दोहोर अर्थ लाग्ने डाइलगका कारण पनि चर्चामा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण