संजय दत्तको समस्या बढ्योः दोस्रोपटक जान सक्छन् जेल
अभिनेता संजय दत्तको समस्या एकपटक पुनः बढिरहेको देख्न सकिन्छ । महाराष्ट्र सरकारले संजय दत्तको सन् १९९३ को बम बिस्फोटको मामलामा दिइएको सजयाँमा समयपूर्व जेलमुक्त गरेको विषयमा भिआइपी व्यवहार दिएको आरोपमा दोस्रो पटक अनुसन्धान गर्ने आदेश दिएको छ ।
महाराष्ट्र सरकारका अनुसार यदि संजय दत्तलाई जेलभित्र भीआइपी व्यवहार पाएको कुरा साबित भए उनलाई दोस्रो पटक जेल पठाइनेछ । बिहिबार सरकारले आफ्नो आदेशमा भन्यो, ‘यदि संजय दत्तलाई प्यारोल दिएको नियम तोडिएको छ भने उनलाई पुनः जेल पठाउन सरकारलाई कुनै समस्या छैन ।’
योभन्दा पहिले संजयलाई समयपूर्व जेलबाट रिहा गरिएको विरुद्ध अदालतमा पुनर्विचार याचिका दर्ता गरिएको थियो जसमा सुनुवाई गर्दै बम्बे हाइकोर्टले राज्य सरकारसँग जवाफ मागेको थियो ।
स्मरण रहोस्, सन् १९९३ को श्रृङ्खलाबद्ध बम बिस्फोटको मुद्दामा पाँच वर्षको जेल सजायँ सुनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण