कपिल शर्माको पारिश्रमिकमा सलमानले गरे कटौती ? कृष्णा अभिषेकले बताए वास्तविकता
कपिल शर्माका सहकर्मी एवं हास्यकलाकार कृष्णा अभिषेकले ‘द कपिल शर्मा शो’को नयाँ सिजनमा कपिलको पारिश्रमिकमा कटौती गरिएको खबरबारे विराम लगाइदिएका छन् ।
कपिल शर्माको यसपटकको कार्यक्रममा सलमान खान निर्माता हुन् । कृष्णा अभिषेकले बलिउडलाइफ डट कमसँगको कुराकानीमा सलमान खान निकै उदार भएकाले पारिश्रमिकमा कटौती नगरेको बताए । उनले भने, ‘सलमान खानको निकै कोमल मन छ त्यसकारण उनले पारिश्रमिकमा कटौती गर्ने कुरामा प्रश्न नै उठ्दैन ।’
कपिल शर्मा र उनको टिमको पारिश्रमिक कटौतीबारे उनले थपे, ‘यो अफवाह एकदमै गलत हो । हामीले राम्रै पारिश्रमिक पाइरहेका छौं । हामी सँगै काम गर्न पाउँदा निकै खुसी भएका छौं । हुन पनि पैसा त गौण हो । द कपिल शर्मा शो देशको सबैभन्दा ठूलो कमेडी शो हो भन्ने वास्तविकतालाई कसैले पनि झुटो साबित गर्न सक्दैनँ ।’
कपिल शर्मालाई लाग्यो लाखौंको झट्का, नयाँ कार्यक्रमका लागि पाए मात्र यति पैसा
कपिल शर्मा डिसेम्बर १८ मा ९ महिनाको ब्रेकपछि टेलिभिजनमा पुनः फिर्ता भएकमा छन् ।
‘द कपिल शर्मा शो’ को चारवटा एपिसोड आइसकेको छ जसलाई दर्शकले निकै रुचाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण