फास्ट फेशन डिपार्टमेन्टल स्टोर योयोसोको नयाँ स्टोर बालाजु र मैतिदेवीमा
काठमाडौं– अन्र्तराष्ट्रिय ब्रान्ड फास्ट फेशन डिपार्टमेन्टल स्टोर योयोसोले काठमाडौंको सिटी सेन्टर, पुल्चोक पछि मैतिदेवी र बालुजुमा नयाँ स्टोर संचालनमा ल्याएको छ ।
छिट्टैनै योयोसेले न्यूरोड र दरवारमार्गमा पनि स्टोर खोल्ने बताएको छ । योयोसोले अन्तराष्ट्रिय फाष्ट फेशन जीवनशैली र खास गरी साधारण मर्चन्डाइजरसमा फोकस गरेको छ । कस्मेटिकस, घरेलु सामानहरु, फेशनका सामग्रीहरु, फेशन ब्यागहरु, डिजिटल सामग्रीहरु, स्टेशनरी र गिफ्टहरु, सिजनल बस्तुहरु, इत्यादि पर्छन् ।
योयोसोका करिब ५ हजार थरीका वातावरण अनुकुल सामानहरु उपलब्ध छन् । योयोसो स्टोरमा ग्राहकहरुले गुणस्तीरय र किफायती सामानहरु सहित नेपालमा आएको बताएको छ ।

योयोसो नेपालमा
अन्र्तराष्ट्रिय ब्रान्ड योयोसो फ्रेन्जाइजी काठमाडौँमा अगष्ट २०१८ मा २ वटा स्टोरबाट प्रारम्भ भएको थियो । पहिलो स्टोर सिटि सेन्टरमा खोलिएको थियो भने दोस्रो पुल्चोक, ललितपुरमा खोलिएको थियो । योयोसाका सामानहरुको मूल्य १ सय २५ देखि ३ हजारसम्मका छन् ।
सात वटा वर्गमा विभाजन भएका सामानहरु ५ हजार भन्दा बढी छन् भने हरेक महिना ३ सय थरीका नयाँ सामग्रीहरु थपिन्छन् । योयोसोले विश्वभर १ हजार भन्दा धेरै स्टोरहरु संचालन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको ५औँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
-
अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई
-
बनिरहेछ ‘मम’को सिक्वेल, मुख्य भूमिकामा खुसी कपुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण