कुकुरको मृत्युमा पूरा गाउँ शोकाकूलः निकालियो शवयात्रा, विधिवत् अन्त्येष्टि (तस्बिरहरु)
मानिसको अन्तिम विदाईको क्रममा अपनाइने रितिरिवाजलाई सामान्य मानिन्छ तर कुनै जनावरको शवयात्रा नै गराएर रितिरिवाजका साथ अन्तिम विदाई गरिन्छ भने त्यसलाई पक्कै सामान्य मान्न सकिँदैन । यस्तै घटना भारतको बिहारस्थित नावादामा भएको छ । यहाँ एउटा कुकुरको ब्यान्डबाजासहित शवयात्रा निकालियो जसमा पूरा गाउँ सरिक भए ।
गोलु नामको कुकुर सबै गाउँलेको प्यारो थियो । आफ्नो इमान्दारिता र पहरेदारीका कारण ऊ सबैको प्रिय बनेको थियो । सडकमा भौँतारिरहने अरु कुकुर भन्दा उसले धेरै कुरा बुझ्थ्यो र मान्थ्यो ।
एक स्थानीयले भने, ‘गोलू भएका बेला गाउँमा कुनै अपरिचित छिर्न पाउला भनेर नसोचेपनि हुन्थ्यो त्यसकारण हामी आनन्दले सुत्न पाउँथ्यौं ।’
उनको अन्तिम संस्कार किन यसरी गरियो भन्नेबारे स्पष्टिकरण दिँदै एकले भने, ‘गोलूको मृत्युको दुःख सबैलाई थियो त्यसकारण हामीले विधिवत् रुपमा उसको अन्तिम संस्कार गर्नेबारे सोचे ।’
मानिसको जसरी अन्तिम संस्कार गरिन्छ त्यसरी नै गोलूको पनि गरियो ।
कुकुरको अन्तिम संस्कारमा अत्यधिक मानिसहरुको संलग्नता रह्यो । स्थानीय भन्छन्, ‘कुकुर मानिसप्रति इमान्दार हुन्छन् त्यसकारण उप्रति संवेदनशील हुनुपर्छ ।’
स्थानीय सुधिर साव, मनोज पाण्डे, सितिश रावत, उत्तम सिंह, गौतम कुमार, रामाधीन यादव भन्छन्, ‘घर पालुवा जनावरले आफ्नो जीवनमा मानिसलाई लाभ पुर्याउँछन् त्यसकारण हामीले उनीहरुको राम्रो तरिकाले हेरविचार गर्नुपर्छ र मृत्युपछि अन्तिम संस्कार पनि । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धमा तटस्थ रहेको भन्दै ट्रम्पले दिए पुटिन र सीलाई धन्यवाद
-
अमेरिका–इरानबिच शुक्रबार प्रारम्भिक वार्ता गर्ने तयारी
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण