गुल्मीमा पुरुषको जनसंख्याभन्दा महिला बढी, एक वर्षमा २७ हजार सन्तान जन्मिए
एकीकृत ग्रामिण विकास समाज गुल्मीद्वारा सञ्चालित सुआहारा कार्यक्रम दोश्रो चरणको घरधुरी सर्वेक्षण नतिजा सार्वजनिक गरेको छ ।
सो कार्यक्रम निर्देशक किरण गुरुङ्गले गुल्मीका साविक ७९ वटा गाविस मध्ये ५२ हजार १ सय ६४ घरधुरीमा पुगेर गर्भवती र सुत्केरी आमाहरुको स्वास्थ्य अवस्थालगायतका विषयमा सर्वेक्षण गरिएको जानकारी दिए ।
सर्वेक्षणमा १ लाख २७ हजार पुरुष र १ लाख ३६ हजार महिला रहेको आर्थत पुरुष भन्दा ९ हजार महिलाको संख्या बढी रहेको पाइएको छ । त्यसमध्ये एक वर्षको अवधीमा १ हजार ८ सय ५२ जना महिला गर्भवती भएका छन ।
सर्वेक्षणका अनुसार ६ महिनासम्मका वालवालिका २३ हजार ४३ रहेका छन् । एक वर्षसम्मका २७ हजार ५२ जना रहेका छन् ।
७५ प्रतिशत आमासँग फोनको पहुँच रहेको, १३ सय ३८ जना गर्भवती आमाले आफ्नो स्वास्थ्य र बच्चाको बारेमा फोन म्यासेज गर्ने गरेका छन् ।
मोबाइल फोन प्रयोगकर्ता पनि महिला बढी
सर्वेक्षणमा मोबाइल फोनकर्ताहरु पुरुषभन्दा महिला बढी भेटिएको छ । १५ वर्षदेखि १९ वर्ष उमेरका ५ प्रतिशत पुरुषले मोवाईल फोन प्रयोग गर्ने र सोही उमेर समुहका महिला १२ प्रतिशतले मोवाइल फोन प्रयोग गर्ने गरेका छन् ।
६३ देखि ८७ प्रतिशतसँग मोबाइल फोनको पहुँच रहेको र ९८ प्रतिशतमा रेडियोको पहुँच रहेको सर्वेक्षणमा बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण