‘प्रेमलीला’ को प्रदर्शन मिति सर्यो
आइतबार, २९ पुस २०७५, १५ : ४१
काठमाडौं – फिल्म ‘प्रेमलीला’ रिलिज सरेको छ । २५ माघबाट प्रदर्शनमा आउने भनिएको मिति सरेर १० फागुनमा पुगेको छ ।
भिएफएक्सको काम नसकिएकोले फिल्म सार्नु परेको निर्माता समेत रहेकी अभिनेत्री दीपशिखा खड्काले बताएकी छन् ।
अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मले केही पहिले फष्टलुक र दुई गीत सार्वजनिक गरेको थियो । ट्रेलर भने अबको केही दिनमा आउने छ ।
फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलिखान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहनेछ ।
अभिनेत्री खड्काकै कथा तथा लेखन रहेको फिल्म नानीमैया कार्की र फैजिल फिल्मस्ले संयुक्त रुपमा निर्माण गरेको हो ।
फिल्ममा पवन गौतमको छायाँकन, चन्दनदत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण