दुगड समूहको ज्ञान मेज स्टार्च बजारमा
काठमाडौं– के एल दुगड समूहले हालै ज्ञान मेज स्टार्च (कन फ्लोर) बजारमा ल्याएको छ ।
लामो समयदेखि नेपाली बजारमा लोकप्रिय ज्ञान ब्राण्डका विभिन्न खाद्यपदार्थहरु ज्ञान मैदा, ज्ञान आँटा, ज्ञान भोग चक्की आटा, ज्ञान रहर, मसुर, चना दाल तथा ज्ञान बासमती, ज्ञान सोल्टी चामल उत्पादन गर्दै आएको दुगड समूहले हालै ज्ञान मेज स्टार्च (कन फ्लोर) बजारमा ल्याएको हो ।
समूहले ज्ञान मल्टीग्रेन्स आटा, ज्ञान मकैको च्याँख्ला तथा ज्ञान मकैको पिठो १ वर्ष अगाडि नै बजारमा ल्याएको थियो ।समूहले मेज स्टार्च ८०० ग्राम, ५०० ग्राम र १०० ग्राम प्याकमा ल्याएको हो । ज्ञान मेज स्टार्च विभिन्न खाद्यपदार्थहरुलाई स्वादिस्ट बनाउन प्रयोग गरिन्छ ।
खासगरी सुप, सस, जुस जस्ता पदार्थहरुलाई बाक्लो बनाउन, फ्राई खाद्यपदार्थहरु, बेकरी उत्पादनहरुलाई स्वादिस्ट बनाउन यसको प्रयोग गर्न सकिन्छ । के एल दूगड गु्रप उच्च गुणस्तरको उत्पादनहरु उच्च स्तरीय प्रविधिबाट निकै स्वच्छ वातावरणमा उत्पादन गर्न प्रतिबद्ध भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात
-
जुस खाँदा ग्राहक बिरामी परे, अनुगमन गर्दा पसललाई ५० हजार जरिवाना
-
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन
-
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी फिर्ता
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
-
इन्स्पेक्टरको लिखित परीक्षामा ५१ जना उत्तीर्ण (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण