लक्ष्मणले ल्याए ‘चिल गाडी’
काठमाडौं । गायक लक्ष्मण चापागाईले नयाँ लोक दोहोरी गीत ‘चिल गाडी’ सार्वजनिक गरेका छन् । गायक सापकोटाले मातृभूमिमा हातमुख जोर्न समस्या भएपछि मुग्लान जानुपरेको बाध्यता गीतमार्फत बोलेका छन् ।
वैदेशिक रोजगारीमा जाने तयारी गर्दै गरेका पुरुषले आफ्नी श्रीमतीसँग गरेको संवादलाई सजीव चित्रण गरिएको गीतले आम नेपालीको बाध्यतालाई समेत उजागर गरेको छ । लक्ष्मणलाई स्वरमा विमला गैरेको साथ दिएकी छन् ।
गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा हुर्केको छोराछोरीको लालनपालनको समस्या र बढ्दो ऋणबाट मुक्तिका लागि विदेश हिँड्न लागेको युवाको कथा र जहाजमा चढेर परदेशमा पुग्दा कथा प्रस्तुत गरिएको छ ।
लक्ष्मणंको शब्द तथा संगीतमा रहेको रत्यौली भाकाको उक्त गीतमा सजिना लामिछाने, रुपक लुईटेल, रबिना भण्डारी र मनिषा ढकालको अलवा बाल कलाकार पलपल चापाईंको समेत अभिनय देख्न सकिन्छ । गीतको भिडीयो शिवम पोखरेलले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण