‘बुलबुल’ गीत : स्वस्तिमाको कोसँग ‘ज्याद्रै बस्यो दिल’ ?
काठमाडौं – प्रदर्शनको मिति नजिकिदै गर्दा चलचित्र ‘बुलबुल’ले नयाँ गीत ‘जाद्रै बस्यो दिल’ सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक मेलामा हजारौं दर्शक माझ निर्माण युनिटले गीत सार्वजनिक गरेको हो ।
प्रचारमा फरक शैली अपनाउदै आएको यो फिल्म युनिटले ‘माया ओई ओई’ गीत पनि दर्शकमाझ कलाकार नचाउदै सार्वजनिक गरेको थियो ।
गीतको दृश्यमा अभिनेत्री स्वस्तिमा खड्का कहिले सडकमा हिंडदै गरेकी र कहिले पानीमा रुझ्दै गरेकी देखिएकी छन् ।
सार्वजनिक गीतमा मनिकला पौडेलको शव्द, उदगम परियारको संगीत र रजिना रिमालको स्वर छ ।
फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, जोयस पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, एलिना कार्की, सृष्टि भट्राई लगायतको अभिनय छ । अविरल थापालगायतको लगानी रहेको फिल्मका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । फिल्म फागुन ३ गतेदेखि देशैभर प्रदर्शनमा आउँदैछ ।
– कार्यक्रममा बोल्दै निर्देशक विनोद पौडेलले फिल्मले समाजको एक वर्गको जीवन जस्ताको तस्तै पस्कने प्रयास गरेको बताए ।
‘सिनेमालाई हामीले सधैं आदर्शको भारी बोकाउँदै आएका छौं । यसलाई कलाको माध्यमको रुपमा मात्र लिइनु पर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो,’ उनले भने, ‘दुई तीन महिना यो विषयमा अनुसन्धान गरेर मात्र यस्को कथा तयार गरेका हौं । संवाद वा दृश्य कुनै पनि कुरा मन गढन्ते छैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण