सरकार समृद्धिको बाटोमा हिँड्न सकेन : प्रदीप पौडेल
दमाैली- प्रमुख प्रतिपक्ष कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोधसभा र प्रदर्शन गरेको छ । सरकारले जनविरोधी काम गरेको भन्दै कांग्रेसले आज देशैभरी विरोध कार्यक्रम गरेको हो ।
नेपाली काङ्ग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध सभामा बाेल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले सरकार समृद्धिको बाटोमा हिड्न नसकेको आरोप लगाए ।
काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काङ्ग्रेसलाई गाली गरेर मात्रै देश समृद्ध नबन्ने बताए । उनले दुई तिहाइ सरकारलाई असफल हुने छुट नरहेको भन्दै सरकारले राम्रो काम गर्नुपर्ने बताए। प्रतिपक्षी दलको नेताको उपस्थिति बिना संवैधानिक परिषद्ले गरेको निर्णय बदर नभएसम्म काङ्ग्रेसले आन्दोलन जारी राख्ने र वाइडबडी छानबिनकै क्रममा रहेको भन्दै भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन कांग्रेस प्रतिबद्ध रहेको पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण