१० हजार घुससहित ४ जना अख्तियारको फन्दामा
बिहीबार, २४ माघ २०७५, १३ : ०६
काठमाडौं–नेपालगन्ज सव–डिभिजन वन कार्यालय, राँझा, बाँकेमा कार्यरत रेन्जर जगविर खत्रीसहित ४ जना घुससहित पक्राउ परेका छन् ।
निजी नम्बरी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठहरू टाँचा लगाई छुटपुर्जी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले खत्रीसहित फरेष्टरद्वय बहादुर केसी, केशव बहादुर वली र वन रक्षक हरी कुमार चन्दलाई १० हजार घुससहित नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० स्थित सुर्खेत रोडबाट नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण