सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन दिनसम्म घरभित्रै हुँदा गन्हाएको थियो भिलेन महेश आनन्दको शव, १८ वर्षपछि भेटे काम तर २२ दिनमै मृत्यु

आइतबार, २७ माघ २०७५, १३ : २५
आइतबार, २७ माघ २०७५

शनिबार फेब्रुअरी ९ तारिखमा बलिउडका चर्चित भिलेन महेश आनन्दको निधन भएको छ । पुलिसले यारी रोडस्थित महेश आनन्दको घरबाट उनको शव बरामद गर्यो जसलाई पोष्टमार्टमका लागि भिले पार्लेस्थित कूपर अस्पतालमा पुर्याइएको छ । अचम्मको कुरा के छ भने महेशको मृत्यु तीन दिन अघि कार्डियक अरेस्ट भइसकेको थियो ।

छिमेकीले उनको घरबाट दुर्गन्ध आइरहेको जानकारी दिएः

महेशको मृत्यु यारी रोड (वर्सोवा) स्थित उनको घरमा तीन दिनअघि मृत्यु भइसकेको थियो । त्यहाँ उनी १८ वर्षदेखि एक्लै बस्दै आएका थिए । छिमेकीले घरभित्रबाट दुर्गन्ध आएको जानकारी दिएका थिए । जब पुलिस ढोका फोडेर घरभित्र  छिरे उनीहरुले महेशलाई मृत पाए ।

१८ वर्षपछि फिल्ममा देखिएका थिएः

महेश आनन्द १८ वर्षसम्म फिल्मबाट टाढा बसेपछि उनले निर्माता पहलाज निहलानीको फिल्म ‘रंगीला राजा’ साइन गरेका थिए । फिल्म पाएपछि आनन्दले भनेका थिए, ‘मलाई निहलानी जीले मेसेज पठाएका थिए जसमा लेखिएको थियो, ‘कल मी’ । मैले उनलाई फोन गर्दा उनले ‘बेटा, अफिसमा कहिले आउँछौ ?’ भने । मसँग रिक्सा चढ्ने पैसासमेत थिएन । म निकै तनावबाट गुज्रिरहेको थिएँ ।’

निहलानीसँगको भेटबारे कुरा गर्दै महेशले भने, ‘पहलाज जीले फिल्म लगभग पूरा भइसकेको बताएका थिए । तर मेरा लागि ६ मिनेटको भूमिका भएको बताउँदै ‘फिल्म खेल्न सक्छौ’ भने ।’

पाँच विवाहः

महेशले पहिलो विवाह नायिका रिना रोयकी बहिनी निर्माता बरखा रोयसँग गरेका थिए । त्यसपछि सन् १९८७ मा उनको दोस्रो विवाह मिस इन्डिया इन्टरनेशनल एरिका मारिया डिसूजासँग भयो । दुबैका त्रिशुल आनन्द नामका एक छोरा पनि छन् । उनी २९ वर्ष पुगे अब उनलाई एन्थोनी वोहरा नामले चिनिन्छ ।

आनन्दको तेस्रो विवाह नायिका मधु मल्होत्रासँग सन् १९९२ मा भयो र सन् २००० मा उनले चौथो विवाह उषा बाचानीसँग गरे । तर दुई वर्षपछि नै उनीहरुको सम्बन्धविच्छेद भयो । उषा गर्भवती भएको खबर पनि आएको थियो तर पछि नायिकाले महेशमाथि रक्सीको मातमा बलात्कारको आरोप लगाइन् र उनीसँग सम्बन्धविच्छेद गरे । पाँचौं विवाहको कुरा यसकारण किनभने महेश आनन्दले आफ्नो फेसबुकमा एक महिलासँग आफ्नो रोमान्टिक फोटो सेयर गेरर उनलाई आफ्नी श्रीमती बताएका थिए ।

तीन वर्षसम्म बेडमै थिए आनन्दः

महेशसँग वर्षौंसम्म फिल्मी क्षेत्रबाट टाढा बस्नुको कारणबारे सोध्दा उनले भने, ‘त्यतिबेला (८०–९०) मा आजको जस्तै स्टन्टका लागि पर्याप्त सुरक्षा उपकरण थिएन । यस्तै एक स्टन्टको क्रममा मलाई चोट लाग्यो जसका कारण ६ महिना अस्पताल र त्यसपछि तीन वर्षसम्म घरको बेडमै बस्नुपर्यो । मेरो तौल ३८ किलो कम भएको थियो र मेरो हड्डी खराब भएको थियो । म एक्लो भएको थिएँ । यद्यपी, आनन्दले कुन फिल्मको सेटमा घाइते भएका थिए भनेर जानकारी दिएनन् । ’

छोरालाई थाहा छैन, महेश उनका पिता हुन्ः

महेशसँग जब उनको सम्बन्धबारे सोधियो तब उनले भनेका थिए, ‘म एक्लो छु, महिलाले बेरोजगार र गरिबलाई प्रेम गर्दैनन् । म आफ्नो छोरा त्रिशुलको यादमा एक्लै बस्छु र उनलाई (त्रिशुल) लाई यो पनि थाहा छैन कि म उसको पिता हुँ । जब उनी ९ महिनाका थिए तब उनलाई मबाट खोसियो । उनी अब २५ वर्षको भइसकेका छन् । उनी आफ्नो बुवाजस्तै ह्यान्डसम छन्, त्रिशुल मेरो मुटु हो । त्रिशुल यदि तपाईं यो पढिरहनु भएको छ भने म महेश आनन्द तपाईंको पिता हुँ । त्रिशुल र उनकी आमामाथि भगवानको आशिर्वाद रहिरहोस् । मेरो अनुरोध छ कि त्रिशुल मलाई ‘पापा’ भनोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप