बियर पारखीहरुको लागि जेजीआईले ल्यायो स्ट्रङ बियर
काठमाडौं– बियर पारखीहरुको लागि जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरिले प्रिमीयम स्ट्रङ बियर माउन्टेन आईस बजारमा ल्याएको छ ।
माउन्टेन आईसले बियर पारखीहरुलाई उनीहरुको स्वादको प्राथमिकताको आधारमा बिशिष्ट प्रिमियम स्वादको उत्पादन बजारमा ल्याएको हो । यो बियर अन्तर्राष्ट्रिय स्तरको आयातित मल्ट र छानिएको हप्सको समायोजन बाट उत्पादन गरिएको कम्पनीले जनाएको छ ।
६.५% अल्कोहल भोलुम र ६५० एम. एल. को बोतलको २३० मुल्य भएको यस माउन्टेन आईसलाई ‘ब्रिउड फर एड्भेन्चर – रियल टेस्ट रियल बियर’ को ट्यागलाईन सहित, स्ट्रङ, स्मुथ र रिफ्रेसि– अनुभव प्रदान गर्ने भनि बजारमा ल्याईएको हो ।
जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले भने, ‘अन्तर्राष्ट्रिय स्तरको स्ट्रङ बियर अनुभबको माग बियर पारखीहरुमा बढेकाले, त्यो मागको पुर्ति गर्न माउन्टेन आईस प्रिमियम ब्रान्ड र प्याकेजिङ सहित ल्याईएको हो ।’
राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिना देखि बिक्री बितरण सुरु हुने भए पनि नेपाल भरी भने केहि समयमै सुरु हुने कम्पनीले जनाएको छ ।
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज (जेजीआई) विभिन्न मदिराजन्य पेय पदार्थको उत्पादन तथा विक्री वितरणको व्यवस्थापन गर्ने एक व्यापारिक समूह हो ।
डिस्टिलरी, बु्रअरी उत्पादन कक्ष, अनुसन्धान र वितरण युनिटको मदिराजन्य संयुक्त प्रयासबाट पेय पदार्थका बिभिन्न श्रेणीका ब्रान्डहरु नेपाली बजार र अन्तर्राष्ट्रिय बजारका लागि उत्पादन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको ५औँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
-
अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण