आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जनयुद्ध दिवसमा विप्लवको विज्ञप्ति– भविष्य उज्ज्वल छ

बुधबार, ०१ फागुन २०७५, ११ : २८
बुधबार, ०१ फागुन २०७५

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा क्रान्ति अवस्यम्भावी रहेको बताएका छन् । 

२४ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै विप्लवले जनता, सहिद परिवार, वेपत्ता परिवार, घाइतेहरुको स्मरण गर्दै जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्ने जनाएका छन् । 

‘तसर्थ महान सहिद, वेपत्ता, योद्धा परिवार, जनमुक्ति सेना,जनता, सच्चा लोकतन्त्रवादी, गणतनत्रवादी, बुद्धिजीवी, राष्ट्रिय पुँजीपति वर्गलाई कहिल्यै नटुटनेगरी हातेमालो गर्दै बैज्ञानिक समाजवाद र साम्यावदतर्फ अघि बढौ भन्ने अपिल गर्न जनययुद्ध दिवसका अवसरमा गर्दर्छौ’ विप्लवले जारी गरेको शुभकामना विज्ञप्तिमा उल्लेख छ । 

उनले नेपाली क्रान्तिकारीहरुको भविष्य उज्ज्वल रहेको भन्दै क्रान्ति निश्चित भएको बताएका छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप