अब पोलिथिन ब्यागबाट बन्नेछ ब्याट्री, मोबाइल फोनमा पनि प्रयोग गर्न सकिने
एजेन्सी । संसारभरी प्लाष्टिक ब्यागलाई वातावरणीय समस्याको रुपमा पहिचान गरिएको छ । यो समस्यासँग जुध्नको लागि कयौं सहर र देशले प्लाष्टिकमाथि कर लगाउनेदेखि प्रतिबन्ध लगाउनेसम्मका कदम उठाएका छन् ।
आम रुपमा प्लाष्टिक ब्याग एकपटक प्रयोग गरेर फालिन्छ । तर, सामान्य लाग्ने यो उपभोग्य चीजलाई सड्न भने सयौं वर्ष लाग्छ ।
वैज्ञानिकहरुले पहिले नै पोलिइथिलिन उर्जा–संग्रह गर्नसक्ने कार्बनको सस्तो स्रोतको भएको पहिचान गरिसकेका थिए । तर, हालसम्म प्याष्टिकमा रहेको पोलिइलिथिनलाई शुद्ध कार्बनमा बदल्ने प्रक्रिया भने निक्कै जटिल र महँगो थियो ।
तर अब यो अवस्था बदलिने सम्भावना बढेको छ । अमेरिकाको पुरदु विश्वविद्यालयका अनुसन्धानदाताहरु भिलास पोल र उनका सहकर्मीले प्लाष्टिक ब्यागबाट शुद्ध कार्बन निकाल्ने एक नयाँ तरिका खोजेका छन् जुन पहिलेको भन्दा निक्कै सजिलो र सस्तो पर्छ ।
प्लाष्टिक ब्यागबाट ब्याट्री बनाउने प्रक्रिया
अनुसन्धानकर्ताहरुका अनुसार, यो प्रक्रियामा सबैभन्दा पहिले पोलिथिन ब्यागलाई सल्फ्यरिक एसिडमा डुबायो । त्यसपछि त्यसलाई एक साल्बोथर्मल रियाक्टरभित्र बन्द गरियो । सामान्य तापक्रममा तताएर प्लाष्टिक ब्यागलाई पगालियो ।
यसको साथसाथै हानिकारक ग्यास ननिस्कयोस् भन्नको लागि र प्लाष्टिकलाई वाष्फिकरण नगरी थप तातो बनाउनको लागि पोलिइथिलीनलाई कार्बन ब्याकबोनमा सल्फ्युरिक एसिड हालियो ।
त्यसपछि उनीहरुले रियाक्टरबाट सल्फानेटेड पोलिइथिलिनलाई हटाइदिए र शुद्ध कार्बन निकाल्नको लागि त्यसलाई भट्टीमा हाले ।
यति गरिसकेपछि कार्बनलाई एक कालो पाउडरमा हालियो । यसको प्रयोग लिथियम आयन ब्याट्रीको एनोड बनाउनको लागि गरियो ।
उक्त अध्ययनमा संलग्न अनुसन्धानकर्ताका अनुसार यसरी निर्माण गरिएको ब्याट्रीले अन्य आम ब्याट्रीले जस्तै काम गर्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण