लिभइनमा बसेका प्रेमीले धोका दिँदा नायिकाद्वारा आत्महत्याः सुसाइड नोटमा आमालाई लेखिन्, ‘जसरी पनि सजाय दिलाउनुस्’
तमिल अभिनेत्री मैरी शीला जेबरानी (याशिका) ले चेन्नईको पेरावल्लुरस्थित आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेकी छिन् । अभिनेत्रीले एक सुसाइड नोट लेखेर आफ्ना प्रेमी मोहन बाबुलाई सबै स्थितीका लागि दोषी बताएकी छिन् । यो सुसाइड नोट उनले ह्वाट्सएप मेसेजमार्फत आफ्नी आमालाई पठाइन् । सुसाइड नोटमा उनले मोहन बाबुमाथि आफूलाई प्रताडित गरेको र खराब व्यवहार गरेको आरोपसमेत लगाइन् ।
लिभइनमा बस्ने याशिका–महेशः
एक भारतीय संचारमाध्यमका अनुसार याशिका तिरुप्पूरकी थिइन् र वाडापजानाको एक होस्टेलमा बस्थिन् । त्यति नै बेला उनको मोबाइल फोन सर्भिस सेन्टरमा काम गर्ने मोहन बाबूसँग उनको चिनजान भयो । साथीको सम्बन्ध प्रेममा परिणत भयो र उनीहरुले पेरावल्लुरस्थित जिकेएम कोलोनीमा भाडामा कोठा लिए । त्यसपछि उनीहरु लिभइनमा बस्न थाले ।
आमालाई भनिन्, ‘पक्कै सजाय दिलाउनु’
मिडिया रिपोर्टका अनुसार याशिकासँग झगडापछि मोहन आफ्नो घर फिर्ता भए । एक्लो हुँदा याशिका तनावमा परिन् र आत्महत्या गरिन् । आत्महत्या गर्नुअघि उनले आमालाई पठाएको ह्वाट्सएप सन्देशमा उनले लेखिन्, ‘मसँग विवाह नगरेको र मलाई प्रताडित गरेका कारण मेरो मृत्युपछि तपाईं त्यसलाई कडा सजाय दिलाउनुहोस् ।’
घटनाको सूचना पाएपछि पुलिसले मुद्दा दर्ता गरेको छ र मोहनको खोजीमा जुटेको छ ।
मन्नार वागयाराबाट परिचितः
याशिकाले थुप्रै तमिल फिल्ममा काम गरिन् । तर उनले सन् २०१८ मा रिलिज भएको फिल्म मन्नायर वागयारमा एउटा सानो भूमिकाका कारण चर्चा पाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण