बार्सिलोना लियोनको घरमा भिड्दै, लिभरपुल र बायर्नमा को चम्केला ?
युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत आज (मंगलबार) राति स्पेनिस महारथि बार्सिलोना र फ्रेन्च क्लब लियोन भिड्दैछन् । पहिलो लेगको खेल खेल्न बार्सिलोना फ्रान्स पुगिसकेको छ । च्याम्पियन्स लिगको यस खेललाई निकै महत्वपूर्ण मानिएको छ ।
स्पेनिस ला लिगामा पकड जमाइरहेको बार्सिलोना लियोनलाई हराउने योजनामा छ । लियोन पनि घरेलु मैदानमा कुनैपनि हातलमा बार्सिलोनालाई रोक्ने प्रयत्नमा रहनेछ ।
ला लिगामा २४ खेलबाट ५४ अंक सहित शीर्ष स्थानमा रहेको बार्सिलोना तथ्यांकमा बलियो देखिएको छ । यता लियोन घरेलु लिग वानमा तेस्रो स्थानमा छ । उसले लिगमा २५ खेलबाट ४६ अंक बनाएको छ ।
च्याम्पियन्स लिगको अन्तिम ३२ मा बार्सिलोना समूह ‘बी’ मा थियो । सो समूहबाट बार्सिलोना समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । जसमा बार्सिलोनाले टोट्टनहाम जस्तो बलियो टिमलाई ४–२ गोलले हराएको थियो ।
लियोन समूह ‘एफ’ को उपविजेता बनेर अन्तिम १६ मा पुगेको थियो । समूह चरणमा लियोनले म्यानचेस्टर सिटीलाई उसैको मैदानमा हराएको थियो । त्यसैले अन्तिम १६ मा लियोनले बार्सिलोनालाई कडा टक्कर दिने अनुमान गरिएको छ । घरमा हुने भएकाले पनि लियोनको मनोबल उच्च देखिएको छ ।
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति हुने अन्तिम १६ को अर्को खेलमा इङ्गिलस महारथि लिभरपुल र जर्मन टोली बायर्न म्युनिख भिड्दैछन् ।
बायर्न बुन्डेसलिगाको दोस्रो स्थानमा छ । लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा छ ।
लिभरपुलको मैदानमा हुने च्याम्पियन्स लिगको यस भिडन्त पनि निकै रोचक र प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण