शाहरुख, सलमान, आमिरका कारण बर्बाद भयो यी ‘हट’ नायिकाको करियर !
फिल्म ‘खून भरी मांग’ मा आफ्नो अन्दाजले रेखालाई टक्कर दिने सोनू वालिया अचानक पर्दाबाट गायब भइन् । उनको पर्दाबाट गायब हुनुको कारण निकै अचम्मित गरिदिने किसिमको छ ।
एक अन्तर्वार्तामा जब सोनूलाई इन्डष्ट्रिबाट टाढा हुनुको कारण सोध्दा यसका लागि बी–टाउनका तीन खानलाई जिम्मेवार बताइन् ।
वेबसाइट ग्ल्यामश्याममा छापिएको रिपोर्ट अनुसार सोनूले भनिन्, ‘जब मैले फिल्म इन्डष्ट्रिमा इन्ट्री लिएँ तब अमिताभ बच्चन, विनोद खन्ना, धर्मेन्द्र, फिरोज खानजस्ता हिरो अवकाश लिने तयारीमा थिए । उनीहरुको स्थानमा जवान खान (शाहरुख, सलमान र आमिर) ब्रिगेडले लिएका थिए जो मेरो हाइट (पाँच फुट ८ इन्च) भन्दा साना थिए ।’
तर कारण जे भएपनि उनी आफ्नो छोटो करियरमा पनि गहिरो छाप छोड्न सफल भइन् । उनी बलिउडकी बोल्ड नायिकामा गनिन्छिन् । विशेषगरी फिल्ममा उनको किसिङ सीन चर्चामा थिए ।
आफ्नो फिल्मी करियरको दोस्रो र सबैभन्दा चर्चित फिल्म ‘खून भरी मांग’ का लागि सोनूले उनको पहिलो फिल्मफेयर अवार्ड पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण