मलाइकाले गरिन् करिना सामू खुलासाः सम्बन्धविच्छेद हुनु एकदिन अघि पूरा परिवार बसेका थियौं
अरबाज खान र मलाइका अरोडाको सम्बन्धविच्छेद बारे अत्यधिक चर्चा थियो । आखिर बलिउडका यी सबैभन्दा सफल भनिएका जोडीले किन सम्बन्धविच्छेद गरे, त्यसबारे मानिसहरु जान्न निकै उत्सुक थिए । अब मलाइकाले आफैंले यसबारे करिनाको रेडियो शो ‘ह्वाट वुमन वान्ट’ मा गरेकी छिन् । मलाइकाले सम्बन्धविच्छेदको एक दिनअघिको घटनाबारे जानकारी दिएकी छिन् ।
परिवारले सोधे, ‘शतप्रतिशत पक्का छौ ?’
मलाइकाले सम्बन्धविच्छेदको एक दिन अघि पूरा परिवारसँगै बसेको बताइन् । उनले भनिन्, ‘मलाई परिवारले ‘के तिमी शतप्रतिशत पक्का छौ ?’ भनेर सोधिँदै थियो । उनीहरुले ती व्यक्ति थिए जसले मेरो चिन्ता गर्दथे र निश्चित रुपमा उहाँहरुले यस्तै गर्नुहुन्छ ।’
सम्बन्ध तोड्नु सजिलो थिएनः
‘सबैजनाले भन्नुभएको थियो कि ‘यदि तिम्रो यही निर्णय छ भने हामीलाई तिमीमा गर्व छ’ । मलाई उहाँहरुले अलग प्रकारको बल दिनुभयो जसको मलाई आवश्यकता थियो ।’ उनले यति लामो वैवाहिक सम्बन्धलाई समाप्त गर्न त्यति सजिलो नभएको स्विकार गरिन् ।
‘यो साँचो हो कि कुनै व्यक्तिका लागि सम्बन्धविच्छेद पछि अघि बढ्न सजिलो हुन्छ । तर म खुसीलाई प्राथमिता दिने व्यक्ति हुँ । जब एक जोडी सँगै बसेर खुसी हुन सक्दैनन् भने उनीहरुको बच्चाको लागि यस्तो वातावरण निकै घातक हुन्छ ।’
सम्बन्धविच्छेद पनि बने नयाँ सम्बन्धः
स्मरण रहोस्, अरबाज खान र मलाइका अरोडाको विवाह सन् १९९८ मा भएको थियो । यी दुईका एक छोरा पनि छन् । सन् २०१७ मेमा अरबाज र मलाइकाले सम्बन्धविच्छेद गरेका थिए । सम्बन्धविच्छेदपछि मलाइकाको नाम अर्जुन कपुरसँग जोडिएको छ भने अरबाजलाई जर्जिया एन्ड्रियानीसँग देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण