बुटवलमा एस्कर्टस्को ‘हैद्रा १५ ४पी’ क्रेनको सफ्ट लन्च
बुटवल –आइएमई अटोमोटिभ्स एस्कर्टस्को हैद्रा १५ ४पी क्रेनको सफ्ट लन्च बुटवलबाट गरेको छ ।
हेभि उपकरण सेगमेन्टहरुको नेपालका लागि आधिकारिक बिक्रेता तथा आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रदायक एक भगिनी संस्थाले बहुप्रतिक्षित ‘हैद्रा १५ ४पी’ क्रेनको नेपालमा बिक्रि वितरणको सुरुवात बुटवल अवस्थित कालिकानगरबाट भएको छ ।
कार्यक्रममा कन्ट्रयाक्टर एसोसियसन रुपन्देहीका प्रेसिडेन्ट मोहन लाल जोशीले एस्कर्टस ब्रान्ड एसोसिएशनको लागि आफ्नो साथ र सहयोग लामो समय सम्म रहने बताए । उनले विकास गतिविधीमा आएको वृद्घि संगै भारी उपकरण उत्पादनको लागि ठूलो भूमिका र सकारात्मक योगदान रहने बताए ।
हेभी उपकरणहरुका उत्पादन गर्ने लामो इतिहास बोकेको एस्कर्टस्ले मर्मत सम्भार गर्न सहज हुने प्रकृतिका विविध विशेषता समाहित रहेको ‘हैद्रा १५ ४पी’ बजारमा ल्याएको हो ।
जसमा क्रेन एप्लिकेसनको लागि प्रयोग हुने डिजाइनको ४९/५ एचपीको इन्जिन, ५ सय घन्टाको सर्भिस इन्टर्भल, रोप कम्पेन्सेसन सहितको ४ वटा पार्टस स्ल्टेड बुम, १२ टन क्षमताको ६ वटा फल विन्च, १५ मिटरको भर्टिकल उचाई, १।९ केएमपीएसको स्पिड, ८एफ २आरको गीचर बक्स सहितको विशेषता रहेको कम्पनीले जनाएको छ ।
यो कृषि सम्वद्घ उत्पादनहरु जस्तै ट्रेकटर, निर्माण र सामाग्री हैंडलिंग उपकरणहरु, रेलवे उपकरणहरु र अटोमोवाइल पार्टसह्ररुको उत्पादन गर्दै आईरहेको छ । १९७१ मा गठित यो कम्पनी भारतको फरीदाबादमा अवस्थित सबैभन्दा ठूलो इन्जिनियरिङ्ग कम्पनीहरु मध्यको एक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको ५औँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
-
अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण