सोनाक्षी सिन्हाले धोका दिएपछि प्रमोदले खाए विष, अभिनेत्रीसमेत पाँचविरुद्ध मुद्दा
भारतको लखनउमा बलिउड नायिका सोनाक्षी सिन्हासमेत पाँचजनाविरुद्ध धोका दिएको भन्दै मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध ३७ लाख भारु लिएर धोका दिएको आरोप लागेको छ । सोनाक्षीले एड्भान्स लिएर पनि दिल्लीमा आयोजित कार्यक्रममा उपस्थित नभएको बताइन्छ ।
भारतीय समाचार एजेन्सी अनुसा आयोजक प्रमोद शर्माले पुलिसलाई यसबारे उजुरी पनि दिए तर आरोपीविरुद्ध कुनै कारवाही भइरहेको थिएन । दुःखी प्रमोदले फेब्रुअरी १३ मा विष खाएर आत्महत्या गर्ने कोसिस गरे । अनुसन्धानपछि अभिनेत्री सोनाक्षी, ट्यालेन्ट फूल अन कम्पनीका अभिषेक सिन्हा, मालविका पंजाबी, धुमिल ठक्कर र एडगर सकारियालाई आरोपी बनाइयो ।
सोनाक्षीलाई अवार्ड कार्यक्रममा जानुथियोः
कटघर इलाकाको शिवपुरी गाउँका प्रमोद शर्माले नोभेम्बर २४ मा मुरादाबादका एसएसपीलाई सोनाक्षी सिन्हाविरुद्ध ऊजुरी दिएका थिए । प्रमोदका अनुसार उनले दिल्लीमा ३० सेप्टेम्बरमा इन्डिया फेशन एण्ड ब्यूटी अवार्ड कार्यक्रमको आयोजना गरेका थिए । यसमा अवार्ड बाँड्न सोनाक्षी पनि जानुथियो । यसका लागि प्रमोदले ट्यालेन्ट फूल अन कम्पनीसँग कन्ट्र्याक्ट गरेका थिए । प्रमोदको दाबी अनुसार सोनाक्षीकी नीजि सचिव मालविका पंजाबीसाग कुराकानीपश्चात् उनले ३७ लाख उनको खातामा अनलाइन ट्रान्सफर गरेका थिए तर सोनाक्षीले कार्यक्रममा आउन अस्विकार गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण