सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

करिनाले सारा अली खान र कार्तिक आर्यनको जोडीबारे गरिन् खुलासा

सोमबार, १३ फागुन २०७५, १२ : ४३
सोमबार, १३ फागुन २०७५

करण जहोरको च्याट शो हरेक सिजनमा विभिन्न खुलासा र विवाद लिएर आउँछ । यो संस्करण पनि निकै मसालेदार रह्यो । उक्त कार्यक्रमको फाइनल एपिसोडका पाहुना थिए करिना कपुर र प्रियंका चोपडा । यी दुई नायिकाले थुप्रै रोचक खुलासा गरे ।

जहाँ प्रियंका चोपडाले अर्जुन कपुर र मलाइका अरोडाको सम्बन्धको खुलासा गरिन् भने करिना पनि खुलासा गर्ने मामलामा पछि परिनन् ।

करिनाले सारा अली खान र कार्तिक आर्यनबारे कुराकानी गरेकी छिन् ।

करिनाले भनिन्, ‘उनीहरु शानदार छन् । मलाई लाग्छ कि उनीहरुको जोडी निकै राम्रो हुनेछ । दुबैले सँगै फिल्म खेल्ने योजना बनाइरहेका छन् । दुबै सँगै राम्रा देखिन्छन् । कार्तिक ‘मेस्सी’ छन् भने सारा ‘क्लासी’ छन् । मास र क्लास सधैं जम्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप