बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुस्मा कार्कीको ‘तीन पाने’ आइटममा हट अवतार (भिडियो)

सोमबार, १३ फागुन २०७५, १९ : २४
सोमबार, १३ फागुन २०७५

काठमाडौं – व्यवसायिक फिल्म ‘लुट’को  उध्रेको चोली बोलको आइटम गीतमा नृत्य गरेपछि रातारात चम्किएकी अभिनेत्री सुष्मा कार्की फेरि आइटम गीतमा देखिएकी छन् । 

उनी अहिले फिल्म ‘अदालत’को ‘तीन पाने’ बोलको आइटम गीतमा देखिएकी हुन् । गीतमा उनलाई हट अवतारमा देख्न सकिन्छ । 

गीतमा दिनेश लिङ्देनको लेखन, यदु राई लकान्द्री र दिनेश लिङ्देनको स्वर तथा रोशन वान्तवा राईको संगीत छ । गीतमा दिनेश पाख्रिनको कोरियोग्राफी छ । फाल्गुनन्द लिङ्देन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म फागुन २४ गतेबाट रिलिज हुँदैछ । 

समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दा जस्ता आपराधिक एवं संवेदनशील घटनालाई फिल्ममा एलिना बाँस्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, बिन्दा थिङ,

मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमीरे, बिन्दा थिङ, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडका आदिको मुख्य भुमिका छ । 

यही फिल्मबाट मदन, राजकुमार, रुद्र र शान्तिले डेब्यु गर्दैछन् । फिल्मको कविता राई निर्माता हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप