सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

सेल्फीका लागि नवाजुद्दिन सिद्दिकीलाई कठालोमा समातेर लगे (भिडियो)

मङ्गलबार, १४ फागुन २०७५, १३ : १०
मङ्गलबार, १४ फागुन २०७५

बलिउड नायक नवाजुद्दिन सिद्दिकी उत्कृष्ट कलाकारमध्येका एक हुन् । ग्यांग्स अफ वासेपुर, मांझी, बदलापुर, किक, राघव रमन र हरामखोरजस्ता फिल्ममा उनले आफूलाई प्रमाणित गरिसकेका छन् । उनका फ्यान फलोविङ करोडौंमध्ये एक हुन् । आजकाल सेल्फीका लागि क्रेज बढ्दो छ । प्रशंसकले आफूलाई मनपर्ने कलाकार देख्ने बित्तिकै सेल्फी खिच्ने गर्छन्  । हालै नवाजलाई फ्यानको सेल्फी भारी पर्यो ।

नवाज आजकाल कानपुरमा छन् र आफ्नो अपकमिङ फिल्म रात अकेली हेको सुटिङ गरिरहेका छन् । फ्यानसँग धेरैभन्दा धेरै नजिक बस्ने कोसिस गर्ने र आफ्नो धरातललाई कहिले पनि नबिर्सने नवाज कुनै सुरक्षाकर्मीबिना घुमिरहेका थिए । नवाज जब आफ्नो कारतर्फ बढे तब सेल्फी लिने कोसिस गरिरहेको एक प्रशंसकले उनलाई कठालोमा समातेर लिएर गए ।

नवाजका बडिगार्डले जब ती प्रशंसकलाई पछि हटाउने कोसिस गरे तब प्रशंसकले उनको कठालो नसमाती नै पछाडि हट्न सुरु गरे । त्यसकारण नवाज ती प्रशंसकसँगै हिँड्न बाध्य भए । यो पूरा घटना एक व्यक्तिले भिडियोमा कैद गरेर सोसल मिडियामा अपलोड गरिदिए । अब यो भिडियो निकै चर्चित भइरहेको छ ।

View this post on Instagram

Crazy selfie fan #nawazudinsiddiqui #kanpur

A post shared by Viral Bhayani (@viralbhayani) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप