माझी फिल्म ‘मोङो डोङा–२’ को पहिलो गीत ‘घाटपूजा मेला’
काठमाडौं । माझी फिल्म ‘मोङो डोङा–२’ पहिलो गीत रिलिज गरिएको छ । फिल्मको निर्माण पक्षले ‘घाटपूजा मेला’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युवमार्फत रिलिज गरेका हुन् । सरला माझीको शब्द तथा लक्षु प्रकाश मल्लको एरेञ्जमा गीतलाई यमन माझी र पूजा तामाङले स्वरबद्ध गरेका हुन् ।
गीतमा यमन माझीले संगीत भरेका छन् । रुदेन माझीको छायाङ्कन रहेको भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् । गीतको भिडियोमा माझी समुदायको कला–संस्कृतीलाई प्रस्तुत गरिएको छ । गीतको भिडियोमा यमन माझी, सुन्जित माझी, अनिशा माझी लगाएतका कलाकारहरु फिचर्ड छन् ।
अभिनेता यमन माझीका अनुसार यो फिल्म माझी भाषामा निर्माण गरिएको छ । फिल्मले माझी समुदायको कला, संस्कती, भाषा, रहन–सहान लगाएतका विषयलाई पर्दामा प्रस्तुत गर्नेछ । कलाकार माझीका अनुसार ‘मोङो डोङा–२’को रिलिज मिति भने तोकिएको छैन ।
फिल्ममा यमन माझी, सुन्जित माझी, बाबुराम माझी, अनिशा माझी, सीता माझी, रुपा कुमारी माझी लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
फिल्मलाई सुजन माझी, सुरेश माझी र रीता माझीले निर्माण गरेका हुन् । फिल्मको निर्देशन भने सुन्जित माझीले सम्हालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण