आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

देशमा इमानदार नेताहरु भएनन्ः पूर्वराष्ट्रपति यादव

शनिबार, १८ फागुन २०७५, १५ : ५५
शनिबार, १८ फागुन २०७५

काठमाडौं–पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा इमान्दार नेताहरु नभएको दावी गरेका छन् । 

पूर्व राष्ट्रपति यादवले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, विपी कोइरालाजस्ता नेताहरु कोही भए आफूलाई देखाई दिन पनि चुनौति दिए । 

 शनिबार डिल्लीबजार बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ठेकेदार र पैसा लिएर सांसद बनाउने काम भइरहेकाले मुलुकमा इमान्दार राजनीति गर्नेहरुको अभाव रहेको तर्क पनि गरे । 
पूर्व राष्ट्रपति यादवले राजनीति ठिक नभएकाले मुलुकको शैक्षिक क्षेत्रको पनि उचित विकास हुन नसकेको बताए । 

पूर्व राष्ट्रपति यादवले मुलुकको भूगोल सुहाउँदो शिक्षाको आवश्यकतामा जोड दिँदै विज्ञहरुको सुझाव लिएर मुलुकको शिक्षा क्षेत्रको उचित विकासमा सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप