सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

कार्यक्रममा श्रीमतीलाई देखेर लजाए कपिल शर्मा, गाए रोमान्टिक गीत

सोमबार, २० फागुन २०७५, १० : २९
सोमबार, २० फागुन २०७५

द कपिल शर्मा शोमा आइतबार राती भारतीय संगीतकार हंसराज हंस, दलेर मेहंदी, जसबीर जस्सी र मिका सिंहको उपस्थिती रह्यो । संगीतले सजिएको कमेडी शोको आँगनमा आएका पाहुनाहरुले निकै रमाइलो गरे । एक एक विशेष पाहुनालाई देखेर कपिल शर्मा लजाए । यी विशेष पाहुना थिइन् कपिल शर्माकी श्रीमती गिन्नी चतरथ ।

कपिल शर्मा शेमा धेरैजसो उनकी आमालाई देख्न सकिन्छ । गिन्नी पहिलो पटक उक्त कार्यक्रममा आएकी  थिइन् । कपिलले श्रीमतीका लागि रोमान्टिक गीत पनि गाए ।

कार्यक्रममा आएका सबै पाहुनाले गीत गए । त्यसपछि मिका सिंहले कपिल र गिन्नीलाई औंल्याउँदै भने, ‘हामीले जति राम्रो गाएपनि गिन्नी भाउजु त्यतिबेला मात्र खुसी हुनुहुन्छ जब कपिल गाउँछन् ।’

मिका सिंहको कुरा सुनेर कपिल शर्मा पहिला त लजाए । त्यसपछि सबैको मागपछि कपिल शर्माले गिन्नीका लागि रोमान्टिक गीत ‘ओ हंसनी, मेरी हंसनी’ सुनाए ।

कलेज पढ्दाका राम्रा साथी कपिल शर्मा र गिन्नीले गत वर्ष डिसेम्बर १२ मा  विवाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप