के २० वर्षपछि बन्नेछ सलमान खान–ऐश्वर्या रायको जोडी ? संजय लीला भंसाली प्रयासरत
२० वर्षपछि सलमान खान र संजय लीला भंसाली एक रोमान्टिक प्रोजेक्टका लागि सँगै आउँदैछन् । अहिलेका लागि यो फिल्मको नाम ‘हम दिल दे चुके सनम टु’ बताइएको छ । यद्यपी, यसबारे अहिले नै आधिकारिक घोषणा भने भइसकेको छैन । रोमान्टिक फिल्ममा नायिकाको कास्टिङबारे ठूलो ‘सस्पेन्स’ बनेको छ । खबरकमा अनुसार उक्त फिल्ममा सलमान आफ्नो अपोजिटमा कट्रिना कैफलाई चाहन्छन् । तर भंसालीलाई भने यसमा सहमत छैनन् ।
पिंकविल्लाको रिपोर्ट अनुसार रोमान्टिक सागामा सलमान कट्रिनालाई आफ्नो को–स्टारको रुपमा चाहन्छन् । जबकी भंसाली कट्रिनालाई नभई दीपिका पादुकोणलाई कास्ट गर्न चाहन्छन् । स्मरण रहोस्, भंसाली र दीपिकाले थुप्रै फिल्ममा एकसाथ काम गरेका छन् ।
भंसाली आफ्नो यो प्रोजेक्टका लागि ऐश्वर्या राय बच्चनलाई पनि मनाउने कोसिस गरिरहेको भन्ने चर्चा जोडदार तरिकाले चलिरहेको छ । सुरुमा खबर यो पनि थियो कि सलमानले आफ्नो अपोजिटमा अनुष्का शर्माको नाम पनि सुझाएका थिए । स्रोतलाई विश्वास गर्ने हो भने आलिया भट्ट र जान्ह्वी कपुरको नाममाथि पनि विचार गरिएको थियो । तर भंसालीलाई भने चित्त बुझेन ।
यस्तै, उक्त फिल्ममा सलमानसँग प्रियंका चोपडाको कास्टिङ पनि सम्भव छ । वास्तवमा, कफी विद करण सिक्समा नायिकाले कुनै प्रोजेक्टका लागि उनको भंसाली र विशाल भारद्वाजसँग कुरा चलिरहेको पनि बताएकी थिइन् ।
भंसाली–सलमानको यो प्रोजेक्टको सुटिङ यसै वर्ष सेप्टेम्बरबाट सुरु हुनेछ । त्यतिबेलासम्म सलमान खान दबंग थ्रीको सुटिङ पनि समाप्त गर्नेछन् । फिल्मलाई सलमान र भंसाली मिलेर निर्माण गर्नेछन् । यसलाई सन् २०२० मा रिलिज गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण