फिल्म निर्मात्रीले धोका दिएर पाएको रकममध्ये तीन करोड ४० लाख सपिङमा उडाइन्, लाखौं उधारो पनि
बलिउड फिल्म निर्मात्री पछिल्लो साढे दुई महिनादेखि जेलमा छिन् । यस मामलामा शनिबार मुम्बईको सेसन कोर्टले प्रेरणाको जमानत खारेज गरेको थियो । मुम्बई पुलिसको आर्थिक अपराध शाखा अर्थात् ईओडबल्यूले चार्जशीट फाइल गरेको छ जसमा अचम्मित पारिदिने तथ्य बाहिरिएको छ ।
पैसाले खरिद गरिन् बंगलाः
प्रेरणाको बैंक स्टेटमेन्टमा उनले विभिन्न व्यक्तिबाट पैसा लिएको स्पष्ट हुन्छ । ती पैसामध्ये ८ करोड भारु खण्डालामा सुनिल शेट्टी रियल स्टेट कम्पनीमार्फत् बंगला खरिद गर्न प्रयोग भयो । उक्त कम्पनीकी बोर्ड अफ डिरेक्टरमध्ये एक प्रोतिमाले पनि दुई करोड ८५ लाख भारु उक्त बंगलामा लगानी गरेकी थिइन् ।
जुत्ता र कपडामा खर्चः
प्रेरणाले विभिन्न ब्रान्डका जुत्ता, कपडा र पर्समा करोडौं उडाएकी छिन् । तीमध्ये ८८ लाख भारु जिमी चू ब्रान्डका थिए । यस्तै, ब्रान्डका सामानमा प्रेरणाले एक करोड ३८ लाख भारु खर्च गरिन् । थुप्रै पसलमा त उनले २९ लाख ४० हजार तिर्नै बाँकी छ । जेनेसिस ला मोडमार्फत् पनि प्रेरणाले ९२ लाख भारुको सपिङ गरिन् ।
नक्कली दस्तावेज पनि पाइन्ः
ईओडब्ल्यूले प्रेरणामाथि १ हजार १७६ पेजको चार्जशीट फाइल गरेको छ । प्रेरणासँग नक्कली ड्राइभिङ लाइसेन्स र दुई पासपोर्ट पनि पाइयो । ती दस्तावेजमा उनका तीन भिन्न जन्म मिति थिए । यी सबै आरोपमा प्रेरणाका वकिल रिजवान मर्चेटले कुनै प्रतिक्रिया दिन अस्विकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण