क्यान्सर शल्यक्रियाले छातीमा बनाएको २० इन्चको घाउसहित सोनालीले गराइन् फोटोसुट
सोनाली बेन्द्रेलाई पछिल्लो वर्ष जुलाईमा हाईग्रेड क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनी अमेरिकामा आफ्नो उपचार गर्न गइन् । क्यान्सरसँगको लामो लडाइँपछि उनी भारत फिर्ता भएकी छिन् । सोनालीले आफूजस्तै खतरनाक रोगसँग लडिरहेका लाखौं–करोडौं मानिसहरुलाई प्रेरित गर्नका लागि उनले आफूलाई लागेको रोग सार्वजनिक गरेको बताउने गर्छिन् । उनले क्यान्सरसँग सम्बन्धित विभिन्न पोष्ट सोसल मिडियामा सेयर गरिरहन्छिन् ।
हालै सोनालीले इन्स्टाग्राममा एउटा तस्बिर सेयर गरेकी छिन् । यो तस्बिरमा उनी आफ्नो २० इन्चको घाउसँगै देखिएकी छिन् जुन क्यान्सरको शल्यक्रियाको क्रममा भएको थियो । उनले यो तस्बिरको क्याप्सनमा यस्तो फोटोसुटको योजना सुरुमा निकै अविश्वसनीय लागेको बताइन् । उनले लेखेकी छिन्, ‘टाउकोमा कपाल छैन न नै मेकअप, यसबाहेक छातीमा यति ठूलो घाउ । भोग इन्डियाजस्तो फेशन म्यागजिनका लागि यो एक पारम्परिक र साधारण थिएन । तर मलाई लाग्छ कि यो अब मेरो लागि सामान्य भइसकेको छ । यो फोटोसुट मेरो लागि सहज थिएन र म निकै डराइरहेकी पनि थिएँ तर प्रिया तन्ना र अनाएता श्रोफ अदजानियासँग कुरा गरेपछि म यो सुटको लागि तयार हुन सकेकी थिएँ । ’
उनले थपिन्, ‘म क्यामराको अगाडि उभिएको थिएँ र मेरो नयाँ वास्तविकतालाई सार्वजनिक गरिरहेकी थिएँ । फोटोसुटका लागि एक तिहाई समय मेकअप र कपाल मिलाउन खर्च हुन्छ, त्यसमा मैले समय खर्च गर्नु परेन । त्यसकारण मैले आँखा चिम्म गरेँ र यसमा हाम फालेँ । यो नतिजा यस्तो छ । मेरो कथा वर्णन गरेकोमा धन्यवाद, मेरो कथा बुझिदिएकोमा धन्यवाद र यसलाई क्यामरामा निकै राम्रो तरिकाले प्रस्तुत गरिदिएकोमा धन्यवाद ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण