कपिल शर्मा शोबाट किन गायब छन् ‘चन्दू चायवाला’, बताए कारण
कपिल शर्माको शोमा चन्दू चायवालाको भूमिका निभाउने चन्दन प्रभाकर दोस्रो सिजनमा देखिएका छैनन् । यसै कारण उनको अनुपस्थितीमा चन्दनका थुप्रै प्रशंसकले चासो व्यक्त गरिरहेका छन् । हालै महाशिवरात्रीको अवसरमा जब चन्दनले सोसल मिडियामा आफ्ना प्रशंसकका लागि पोष्ट गर्दा धेरैले उनलाई कपिल शर्माको शोमा कहिले फिर्ता हुने भनेर प्रश्न सोध्न थाले ।
उनको इन्स्टाग्राम प्रोफाइलमा एउटा कमेन्ट थियो, ‘ह्याप्पी महाशिवरात्री चन्दन जी । तपाईं एक लेजेन्ड हुनुहुन्छ । तपाईं जस्तो हुनुहुन्छ, हामीलाई त्यही नै मनपर्छ । तपाईंको मुस्कानले हामीलाई खुसी दिन्छ र तपाईं हामीलाई धेरै हँसाउनुहुन्छ । प्लिज तपाईं कपिल शर्मा शोमा फिर्ता हुनुहोस् किनभने हामी तपाईंलाई धेरै नै मिस गरिरहेका छौं । हामी सबै तपाईंलाई धेरै मन पराउँछौं ।’
धेरैले उनको अनुपस्थितीमा प्रश्न गरिरहेका थिए, त्यसकारण उनले यसबारे मुख खोलेका छन् । उनले एक प्रशंसकको कमेन्टको जवाफ दिँदै भने, ‘हेलो एकता । तपाईंको प्रेमको लागि धन्यवाद । म कुनै पनि एपिसोडलाई जानीजानी छोडिरहेको छैन । तर सायद मेरो भूमिकाले त्यस्तो विशेष प्रभाव पार्न सकिरहेको छैन त्यसकारण उनीहरु मलाई एपिसोडमा लिइरहेका छैनन् । तपाईंलाई मेरो तर्फबाट धेरै माया र शुभकामना ।’
कपिल शर्माको कार्यक्रमले टिआरपी रेटिङमा निकै राम्रो प्रदर्शन गरिरहेको छ । पहिलो सिजनमा आफ्नो कमेडीले मानिसहरुको मन जित्ने सुनिल ग्रोवरले सायद यो कार्यक्रममा फिर्ता हुनसक्छन् । तर यसबारे अहिले नै केही आधिकारिक बयान सार्वजनिक भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण