जब मुकेश अम्बानीले सडक नै जाम गरेर नीतासँग सोधे यस्तो प्रश्न
एजेन्सी – भारतका प्रसिद्ध उद्योगपति तथा एसियाकै धनि व्यक्ति मुकेश अम्बानी सन् २०१९ मा विश्वकै धनि व्यक्तिहरुको सूचीमा १३ औं स्थानमा पर्न सफल भएका छन् । अमेरिकी म्यागाजिन फोब्र्सका अनुसार उनको सम्पत्ति ५० विलियन डलर रहेको छ ।
संसारकै धनिमध्येमा पर्ने सफल व्यवसायी मुकेश अम्बानी र उनकी श्रीमतीको प्रेम पनि उत्तिकै सफल छ । एक छोरी र दुई छोराका बाबुआमा बनिसकेका नीता अम्बानी र मुकेश अम्बानीले भर्खरै छोरा र छोरीको विवाह धुमधामसँग सम्पन्न गरे । जुन विवाह समारोहमा विश्वकै ध्यान केन्द्रित भयो ।

छोरा र छोरीको मात्रै होइन उनीहरुको विवाहको विषयलाई लिएर पनि धेरैले चासो राख्ने गर्छन् । व्यवसाय सँगसँगै सफल दाम्पत्य जीवन विताइरहेका मुकेश–नीताको प्रेमकथा रोचक छ । मुकेश श्रीमतीका हरेक चाहना पूरा गर्ने गर्छन् । जति नै ठूला व्यवसायी भएपनि उनी आफ्नी पत्नीका लागि जे पनि गर्न तयार हुन्छन् । मागी विवाह गरेका नीता र मुकेश अम्बानीको प्रेम निकै उदाहरणीय मानिन्छ ।
मुकेश अम्बानीका पिताले नीतालाई पहिलो पटक एक सार्वजनिक कार्यक्रममा भेटेका थिए । नीताले उक्त कार्यक्रममा भरतनाट्यम गरेकी थिइन् । भर्खरै २० वर्षकी नीतालाई देखेर धीरुभाई अम्बानी प्रभावित भए र उनले नीताका पितासँग नीताको बारेमा कुरा गरे । धीरुभाईले घर पुगेर मुकेश र नीताको विषयलाई लिएर फोन गरेका थिए तर नीताले उक्त कुरा विश्वास गरिनन् ।
सडक जाम गरेर नीतालाई ‘प्रपोज’

नीताको कुरा चलेपछि मुकेश अम्बानीलाई भेट्न नीता मुकेशकै घर गइन् । पहिलो पटक देख्नेवित्तिकै मुकेशले नीतालाई मन पराएँ । त्यसपछि नीता र मुकेशले भेटघाट बढाए । भेटघाटकै क्रममा उनीहरु कारमा सवार गरिरहेका थिए । यत्तिकैमा ट्राफिक जाम शुरु भयो । अचानक मुकेश अम्बानी कारबाट ओर्लिए अनि फिल्मी स्टाइलमा नीतालाई प्रपोज गरे । प्रपोज गर्दागर्दै जाम खुल्यो । पछाडिबाट हर्नको आवाज आयो । तर मुकेश अम्बानीले नीताको जवाफ नआएसम्म गाडी अगाडि नबढाउने अडान लिएपछि नीताले उनको प्रस्ताव स्वीकार गर्दै भनिन्, ‘ हजुर, म तपाईंसँग बिहे गर्न तयार छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण