युएईमा नेपाल एशोसिएशनको नाममा एनआरएनए दर्ता
युएई । नेपाल एशोसियशनको नाममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) यूएईमा दर्ता भएको छ ।
गत आइतबार एनआरएनए युएईको अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) कम्युनिटी डेभलपमेन्ट अथोरिटी (सीडीए) मा दर्ता भएको हो ।
जसको कार्यकाल एक बर्षको हुनेछ । संस्थाले सामाजिक, सांस्कृतिक, खेलकुद, मनोरञ्जन र परोपकारी क्षेत्रमा काम गर्ने सक्ने उल्लेख गरिएको छ ।
युएईको कानुनअनुसार सामाजिक संस्था दर्ता गर्न युएईका स्थानीय नागरिक २ जनासहित न्युनतम ८ जना रहनुपर्ने प्रावधान छ । जसमा एनआरएनए अध्यक्षसहित अन्य ७ जना पदाधिकारीहरु रहेका छन् ।
एनआरएनए युएई कानुनी रुपमा दर्ता भएको दोस्रो नेपाली गैर नाफामुलक सामाजिक संस्था हो। यसअघि ‘हामी नेपाली’ नामक संस्था युएईमा दर्ता भैसकेको छ ।
एनआरएनए युएई कानुनी रुपमा दर्ता भएलगत्तै युएईमा हुने सामाजिक कार्य्रकमहरूले सहजता पाउने आम युएईबासी नेपालीहरूले बिश्वास लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण