नक्कली अकाउन्ट बनाएर मानिसहरुमाथि निगरानी राख्छिन् करिना कपुर
बलिउड नायिका करिना कपुर खान ती सेलिब्रिटीमा पर्छिन् जो सोसल मिडियासँग सम्बन्धित छैनन् । करिना सोसल मिडिया किन प्रयोग गर्दिनन्, के साँच्चै उनी सोसल मिडियामा छैनन् ? यसबारे उनले अरबाज खानले होस्ट गर्ने कार्यक्रम पिन्चमा जानकारी दिएकी छिन् । यो एपिसोडको भिडियो सलमान खानको आधिकारिक ट्वीटर ह्यान्डलबाट सेयर गरियो ।
करिनाले भिडियोमा आफू सोसल मिडियामा नभएपनि सबै कुराबारे जानकारी भएको बताइन् ।
करिनालाई जब अरबाजले सोसल मिडियामा उनको फेक अकाउन्ट छ भनेर सोध्दा करिनाले भनिन्, ‘साँच्चै भन्नुपर्दा यसलाई फेक भन्न सकिन्नँ, यो सक्कली नै हो तर मेरो भिन्न पहिचानको छ । एक अपरिचित पहिचान ।’
करिनाले यसरी सोसल मिडियाबारे जानकारी राख्नु गलत नभएको बताइन् । उनका अनुसार यो एउटा जानकारी जुटाउने माध्यम हो । आफूलाई नीजि जीवनका तस्बिर सोसल मिडियामा अपलोड गर्न मन नपर्ने भएकाले पनि यस्तो गर्ने गरेको उनी बताउँछिन् । आफू यस्तो दबाबका लागि तयार नभएको पनि उनले बताइन् ।
करिना सोसल मिडियामा हुनु नहुनुले कुनै फरक नपार्ने बताउँछिन् । उनी भन्छिन्, ‘अन्ततः कुराहरु सार्वजनिक भइछाड्छ ।’ आफूलाई सोसल मिडियामा मानिसहरुले गरेको कमेन्ट पनि पढ्ने गरेको उनले उक्त कार्यक्रममा बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण