गर्भवती समिरा रेड्डीको गतिलो जवाफः जो कोही करिना कपुर हुँदैनन्
बलिउड नायिका समिरा रेड्डी दोस्रो पटक आमा बन्दैछिन् । उनले एक कार्यक्रममा गर्भावस्थापछि महिलाको शरिरबारे टिप्पणी गर्नेहरुलाई गतिलो जवाफ दिएकी छिन् ।
मंगलबार ३४ वर्षे नायिकाले गर्भावस्थापछि महिलाको तौलको खिल्ली उडाउनेका लागि जो कोही करिना कपुरजस्तो हुन नसक्ने बताएकी छिन् ।
टाइम्स अटो अवार्डको ११ औं संस्करणको रेड कार्पेटमा समिराले आएएनएसलाई भनिन्, ‘त्यस्ता व्यक्तिलाई म एउटा प्रश्न सोध्न चाहन्छु । तपार्ईंहरु कहाँबाट आउनुभएको हो ? तपाईंहरु आमाको कोखबाटै जन्मिनु भएको हो । के तपाईंकी आमा तपाईं जन्मिएको बेला एकदम हट हुनुहुन्थ्यो ? यस्तो प्रतिक्रिया गर्नु लज्जास्पद हो किनभने यो नितान्त प्राकृतिक कुरा हो जुन निकै सुन्दर र अद्भूत छ ।’
‘यहाँ करिनाजस्ता निकै सेक्सी र हट देखिने व्यक्ति पनि छन् र अर्कोतर्फ मजस्ता (पहिलाको जस्तो सेपमा आउन समय लाग्ने) हरु पनि छन् । मलाई पहिलो सन्तान जन्मिएपछि पहिलेकै ढाँचामा आउन समय लाग्यो, यस्तो दोस्रो सन्तान जन्माएपछि पनि हुनसक्छ,’ उनले भनिन् ।
उनले मानिसहरुलाई जस्तो छन् त्यही रुपमा स्विकार गर्नुपर्ने बताइन् । ‘मसँग सुपर पावर छ । म एउटा बच्चालाई जन्म दिने तयारीमा छmु ’ उनले थपिन् ।
समिरा रेड्डीले रेस, दे दना दनजस्ता चर्चित फिल्ममा काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण