यो थियो सैफ–अमृतासँग साराको अन्तिम डिनर
सारा अली खान दुईवटा फिल्मबाटै दर्शकको मनमा बस्न सफल भइसकेकी छिन् । उनी अभिनयका साथै आफ्नो चुलबुले स्वभावका लागि पनि रुचाइन्छिन् । उनले विभिन्न रियालिटी शोमार्फत् आफ्नो धाराप्रवाह बोलीले सबैलाई प्रभावित तुल्याइसकेकी छिन् । उनी आफ्ना बुवा सैफ र आमा अमृताको सम्बनधबारे पनि खुलेर कुरा गर्छिन् । हालै उनले आफ्ना आमा–बुवासँग अन्तिम पटक कहिले सँगै समय बिताएको भनेर जानकारी दिइन् ।
सारा अली खानले करण जोहरको च्याट शो ‘कफी विद करण’ मा आमा अमृता र बुवा सेफको सम्बन्धबारे कुरा गरिन् । साराले आफू कोलम्बिया युनिभर्सिटी जानुअघि आमा–बुवासँग सँगै खाना खाएको बताइन् ।
उनले भनिन्, ‘त्यतिबेला म र पापा डिनर गरिरहेका थियौं । हामीले आमालाई पनि बोलायौं । मलाई कस्तो राम्रो महसुस भइरहेको थियो किनभने म कलेज जाँदै थिएँ र मेरा आमा–बुवाले सँगै मलाई छोड्न आएका थिए । त्यो पल निकै प्यारो थियो जुन मलाई सधैं याद भइरहनेछ ।’
स्मरण रहोस्, सैफ र अमृता लगभग १५ वर्षदेखि अलग छन् । यद्यपी, दुबैले आफ्ना बच्चा सारा र इब्राहिमलाई धेरै केयर गर्छन् । साराको पनि सेफकी श्रीमती करिना र भाइ तैमुरसँग निकै राम्रो सम्बन्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण