करोडौँका मालिक ५४ वर्षीय अमिर खानको कार ‘कलेक्शन’
मुम्बई – बलिउड अभिनेता अमिर खानले ५४ औं बसन्त पार गरेका छन् । सन् १९६५ मार्च १४ मा जन्मिएका खानलाई बलिउडमा ‘मिस्टर परफेक्शनिस्ट’ भनेर पनि चिनिन्छ । फिल्म क्षेत्रमा कदम राख्नुपहिले उनी टेनिस खेलाडी थिए । उनले ८ वर्षकै उमेरमा नै बलिउडमा पाइला टेकेका अमिरले आफ्नो मेहेनत र परिश्रमले सफलताको शिखर चुम्न सफल भए । करिब ३० वर्ष फिल्म उद्योगमा विताएका खानले ३० वर्षमा लगभग १४०० करोड कमाए । भने उनको वार्षिक आम्दानी १४३ करोड रहेको छ ।
उनको सम्पत्तिमा होमटाउनमा २२ वटा घरहरु छन् । त्यसैगरी पञ्चगनीमा बंगला छ जुन १५ करोड बराबरको छ । मुम्बईको बान्द्रामा ६५ करोड मूल्य बराबरको फ्रिडा अपार्टमेन्ट छ । भारतको साथसाथै उनको अमेरिकामा पनि घर छ ।
उनी कारको सौखिन छन् । उनीसँग ११ करोड मुल्य बराबरको कार छ । उनीसँग मर्सिडिज बेन्ज s600 छ । जसको मूल्य ११.६ करोड पर्छ । उक्त गाडीको शिशा बुलेटप्रुफ छ । यो भन्दा बाहेक उनीसँग रोल्स रोयस कूप कार छ । यसको मूल्य ४.६ करोड पर्छ । उनीसँग बेन्टले कोन्टिनेन्टल पनि रहेको छ । यसको मूल्य ३.१० करोड रहेको छ । साथै, उनीसँग सबैभन्दा सस्तो कार BMW7 र रेन्ज रोवर पनि छ । यसको मूल्य क्रमशः १.२ करोड र १.७ करोड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण