पूर्व सांसदका छोरा १४ दिनदेखि काठमाडौंबाट बेपत्ता !
काठमाडौं– पूर्व सांसद अफिलाल ओखेडाको छोरा सागर शर्मा (ओखेडा) विगत १४ दिनदेखि बेपत्ता छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलबाट १६ वर्षीय सागर फेला नपरेको भन्दै पूर्व सांसद ओखेडा दिनहुँजसो महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखामा धाइरहेका छन् । तर, प्रहरीले उनको छोरा कता हराए भन्नेबारे पत्ता लगाउन सकेको छैन ।
नेकपा बझाङका नेता समेत रहेका ओखेडाले आफ्नो छोरा खोजिदिन आग्रह गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका छन् । ‘सागर शर्मा (ओखेडा) हराएको र खोजतलास गरिपाउँ भन्दै निवेदन आएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले भने, ‘सिडीआर रिपोर्ट आएको छ, अपराध महाशाखा र काठमाडौं परिसर दुवै ठाउँबाट खोजतलास गर्ने काम भईरहेको छ ।’
फागुन १८ गते फोन स्वीच अफ गरेर सम्पर्क विहिन भएका सागर रत्नराज्य स्कुलमा कक्षा १० मा पढ्दै आएका थिए । एसइई परीक्षा नजिकै आएको अवस्थामा परिवारले राम्रोसँग परीक्षाको तयारी गर्न सुझाएपछि उनी सम्पर्क विहिन भएको बताइएको छ ।
सन्की स्वभावका सागरलाई सांसद ओखेडाले ‘स्कुल किन नगएको ?’ भन्दै हप्काएका थिए । बावुले हप्काएपछि सागरले फागुन १६ गते अमेरिकी दूतावासमा फोन गरेर ‘अमेरिका जान कत्ति पैसा लाग्छ’ भनेर सोधेका थिए ।
त्यसपछि फोन अफ गरेर हिँडेका सागर परिवारको सम्पर्कमा गएका छैनन् । प्रहरीले खोजी जारी राखेपनि उनी फेला पर्न नसकेको बताइएको छ । सागरले चलाउँदै आएको मोवाइल विगत १४ दिनदेखि बन्द छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण