के श्रद्धा चाँडै नै नेपालकी बुहारी बन्दैछिन् ?
बलिउडका लागि पछिल्लो वर्ष विवाहको मौसम रह्यो । सोनम कपुर–आनन्द अहूजा, दीपिका पादुकोण–रणबीर सिंह, प्रियंका चोपडा–निक जोनसजस्ता सेलिब्रिटीले सन् २०१८ मा विवाह गरे ।
अब यस्तो लाग्छ कि विवाहित सेलिब्रिटीको सूचीमा श्रद्धा कपुर पनि पर्ने भएकी छिन् । भारतीय मिडियामा आइरहेको खबर विश्वास गर्ने हो भने श्रद्धा चाँडै नै नेपालकी बुहारी बन्ने भएकी छिन् ।
नवभारत टाइम्सका अनुसार श्रद्धा अर्को वर्षसम्म आफ्ना प्रेमी सेलिब्रिटी फोटोग्राफर रोहन श्रेष्ठसँग विवाह गर्न सक्छिन् ।
रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । बलिउड बबलका अनुसार श्रद्धा गत एक वर्षदेखि रोहनसँग डेट गरिरहेकी छिन् । दुबैले एक अर्कालाई लामो समयदेखि चिन्दछन् ।
को हुन् रोहन ?
३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् । फोटोग्राफीमा रुची राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए ।
रोहनको जन्म भारतको मुम्बईमा भएको हो । उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए । उनले बुवाको पेशालाई पछ्याउँदै आफू पनि यही क्षेत्रमा स्थापित भए ।
रोहनले फिल्मफेयर, इन्डिया जिक्यू, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोसुट गरिसकेका छन् । उनले बलिउडका शीर्ष कलाकारको फोटोसुट पनि गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण