श्रद्धा कपूरको विवाहलाई लिएर शक्ति कपूरले यसरी आक्रोश पोखे
मुम्बई – बलिउड अभिनेता शक्ति कपूरले आफ्नी छोरी अर्थात अभिनेत्री श्रद्धा कपूर र उनका प्रेमी रोहन श्रेष्ठको विवाह गर्ने कुनै पनि प्रकारको योजना नभएको बताएका छन् ।
उनले श्रद्धा र रोहनबीचको विवाहलाई लिएर सनसनीमात्र मच्चाइएको भन्दै उनको उक्त समाचारको खण्डन गरेका हुन् ।
मिडियाको रिपार्टका अनुसार शक्ति कपूरले एक भारतीय सञ्चार माध्यममा दिएको अन्तर्वार्तामा उनले छोरीको विवाहको बारेमा भ्रम फैलाइएको बताएका थिए ।
उनले भने,‘यो समाचार एकदमै गलत हो । अझै ४÷५ वर्ष श्रद्धाको विवाह गर्ने कुनै पनि प्रकारको योजना छैन । उनीसँग गर्नको लागि अझै थुप्रै काम छ । उनी करियरमा केन्द्रित छिन् । उनी अघिल्लो २ वर्षसम्मको लागि बुक भइसकेकी छिन् । त्यसैले यो सबै हल्ला मात्रै हो ।’
उनले रोहन श्रेष्ठका पिता आफ्नो नजिकको साथी भएको भन्दै पारिवारिक सम्बन्ध भएतापनि विवाह गर्ने योजना नबनिसकेको प्रस्ट पारे ।
केहि दिन अगाडि अभिनेत्री श्रद्धा कपूर र नेपाली युवक रोहन श्रेष्ठबीच विवाहको समाचार आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण