सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड आलियालाई दिएपछि दीपिकाले मागिन् माफी
एजेन्सी – भर्खरै सम्पन्न भएको फिल्मफेयर अवार्ड कार्यक्रममा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड आलिया भट्टलाई दिएपछि दीपिका पादुकोणले आफ्ना फ्यानसँग माफि मागेकी छिन् ।
मंगलबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पछिल्लो समय रिलीज भएको उनको फिल्म ‘पद्मावत’ बाट उनलाई सर्वोकृष्ट अभिनेत्रीको अवार्ड नमिलेको प्रति दुख व्यक्त गर्दै माफि मागेको बताएकी छिन् ।
फिल्म ‘पद्मावत’ बाट दीपिकालाई सर्वउत्कृष्ट अभिनेत्रीको अवार्ड नदिएपछि उनका फ्यानहरुले पनि सामाजिक सञ्जालमा विरोध जनाइरहेका छन् । उनीहरुले आयुष्मान खुराना र रणबीर कपूरलाई सर्वश्रेष्ठ अभिनेताको अवार्ड दिइँदा दीपिकालाई सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड नदिइनु पक्षपात भएको बताएका छन् ।
आफ्ना असन्तुष्ट समर्थकहरुलाई सम्बोधन गर्दै दीपिकाले हात जोड्दै सबैलाई निराश बनाएकोमा दुख व्यक्त गरेकी छिन् । र, उनले अब आउने नयाँ फिल्ममा धेरै परिश्रम गर्ने बाचा समेत गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण