ब्रुनाईका राजाः १७ सय कोठा भएको महलमा बस्छन्, छन् पाँच हजार विलासी कार, यस्तो छ जीवनशैली
हुन त संसारमा थुप्रै धनी छन् तर ब्रुनईका राजाको कुरा बेग्लै छ । खर्बौं सम्पत्तिका मालिक ब्रुनाईका राजाको जीवनशैली हेर्दा जो पनि चकित पर्ने गर्छ ।
उनी संसारका सबैभन्दा धनी व्यक्ति होइनन् तर उनको जीवनशैली देखेर जोसुकैले भन्ने गर्छन् कि उनीभन्दा धनी कोही छैन ।
१,७८८ कोठाको महलमा बस्छन् राजा:
चार लाख ५० हजार जनसंख्या भएको ब्रुनाई इन्डोनेशिया र मलेशियाको छिमेकी देश हो । यो देश तेलका कारण निकै धनी छ ।
हसनलको शाही महलमा लगभग १ हजार सात सय ८८ कोठा छन् भने दुई सय ५७ बाथरुम छन् ।
पाँच स्विमिङ पुल, एक सय १० गाडीको ग्यारेज र पोलोको घोडाका लागि भिन्न एसी रुम भएका घरको व्यवस्था छ ।
राजालाई ब्याडमिन्टनको निकै शौख छ । आफ्नो यो शौखका लागि उनले छुट्टै कोच राखेका छन् । उनले कोचलाई दिने तलब पनि साधारण छैन । एक रिपोर्ट अनुसार उनी कोचका लागि १.२६ मिलियन पाउन्ड खर्च छन् । यसबाहेक मालिस गर्नेलाई पनि राजाले उत्तिनै पैसा दिन्छन् ।
आफ्ना विशेष चरालाई सुरक्षित राख्नका लागि राजाले ५० हजार पाउन्ड खर्च गर्छन् । यतिमात्र होइन राजाका दुई सफाई कर्मचारीले सात मिलियन पाउन्ड तलब स्वरुप पाउँछन् ।
राजा आफ्नो महलबाट निस्किएपछि कि त आफ्नो विलासी कारमा हुन्छन् वा त आफ्नो प्राइभेट विमानमा । सूचनाका अनुसार राजाको विमानको टोइलेटमा सुनले बनेको टोइलेट पेपर राखिएका छन् । राजाले आफ्नो यो विलासी जीवनशैलीका लागि हरेक वर्ष करोडौं डलरभन्दा बढी खर्च गर्छन् ।
सात हजार विलासी गाडीः
ब्रुनाईका राजा यदि आफ्ना स्टाफमाथि यति पैसा खर्च गर्छन् भने आफूमाथि कति खर्च गर्छन् होला । राजालाई विलासी गाडीको अत्यधिक शौख भएको बताइन्छ ।
आफ्ना गाडीको शौख पूरा गर्नका लागि राजाले सात हजार गाडी खरिद गरेका छन् । स्पोर्टस् कार, लक्जरी कारदेखि रेसिङ कारसम्मका विलासी कार उनको कलेक्सनमा छ ।
छोराको विवाहमा उडाए करोडौं:
राजाका लागि छोराको विवाह एउटा निकै ठूलो कार्यक्रम थियो । उनले छोराको विवाहको उत्सव ११ दिनसम्म मनाए । राजाको छोरा र बुहारी दुबैको पोशाक सुनले बनाएका थिए । उनको पोशाकमा ठाउँ ठाउँमा बहुमूल्य हिरा राखिएका थिए । उनीहरुको जुत्तासमेत सुन र हिराले सजाइएका थिए ।
दुलहीको ताजमा करोडौंमा हिरा र रुबी लगाइएका थिए । उनले हातमा एउटा फूलको गुच्छा लिएकी थिइन् जुन कुनै साधारण फूलको गुच्छा नभई त्यसलाई विशेष पत्थरले बनाइएको बताइन्छ । उनले निकै साधारण परिवारकी युवतीलाई आफ्नी बुहारी बनाए । सूचनाका अनुसार उनकी बुहारी एक साधारण आइटी कम्पनीमा काम गर्थिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण